पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आठ महिनाअघि भएको यति एयरलायन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, २०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बुझाइएको छ ।
लामिछानेले जहाज प्राविधिक कारणले दुर्घटना नभएको बताए । ‘आइकाओको प्रावधानअनुसार अहिले घटनाको कारणबारे सार्वजनिक गर्न मिल्दैन । उनका अनुसार ६० दिनपछि प्रतिवेदन सार्वजनिक हुने छ । घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै, यतिको दुर्घटना चालक दलका सदस्यका कारण भएको जनाएको थियो । पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा चालक दलका ४ सदस्य र ६८ यात्रुसहित ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
![]()
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं