नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।
कोइरालानिकट केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको बताए । ‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ उनले भने, ‘सरकारले जनताको दैनिकीलाई छुन सकेको छैन । सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ ।’
बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो ।
‘सांगठनिक रूपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढीरहेको छ । एक चरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ,’ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन ।’
गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए । बैठकमा नेता मिनेन्द्र रिजालको उपस्थिति थियो भने विश्वप्रकाश र प्रदीप सहभागी भएनन् ।
यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं