अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) पदमा बस्नेतको उम्मेदवारी

अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) पदमा बस्नेतको उम्मेदवारी

Bedraj Basnet

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२०२५ कार्यकालका लागि अमेरिका निवासी बेदराज बस्नेतले अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखी एनआरएनए अभियानमा रहेका बस्नेतले प्रवासी नेपालीहरुको हकहित र संस्थाको संस्थागत बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराएका छन् ।

बस्नेतले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।

एनआरएन प्रबाशमा बस्ने नेपालीहरुको ग्लोबल संस्था हो जसको मान्यता नेपालको संबिधान मार्फत स्थापित गरिएको छ । प्रवास र मूल थलोलाई अर्कोसंग जोड़ने सेतु हो एनआरएनए । तपाईहरु सवैका सहयोग सल्लाहमा मैले एनआरएन अमेरिकाको केन्द्रीय कोषाध्यक्ष पदमा रही (२०१३ -२०१७), ICC सदस्य २०१७-२०१९, २०१९ को लागि अमेरिकाज क्षेत्रको DRC पदका लागि दिएको उमेद्वारी सहमतिमा फिर्ता लिए, त्यसैगरी २०१९-२०२१ मा मैले ICC Honorary Council Member को रुपमा आफ्नो जिम्मेवारीलाई तपाईहरुको बिश्वास र आकांक्षा अनुसार निर्वाह गरेको छु भन्ने ठान्दछु।

अमेरिका दुई दशक लामो बसाईं र २०१३ देखिको एनआरएनएमा एनसीसी अमेरिका रहदा अनुभबको आधारमा नै हुनुपर्छ मेरा धेरै समर्थक, शुभचिन्तक, साथीभाई, अग्रजहरुको सुझाव अनुसार “म, मेरो एनआरएनए र मेरो नेपाल” को मूल मंत्र का साथ ११ औ विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको महाधिवेशनमा मैले अमेरिकाज रिजनको क्षेत्रिय संयोजक (आरसि) पदका लागि उम्मेदवारी दिएको हुँ । अमेरिकाज क्षेत्रमा नेपालीहरुको बसोवास  धेरै उत्तरी तथा दक्षिणी अमेरिकी देशहरु भएपनि अहिले हाम्रो चलायमान NCC हरु अमेरिका, क्यानाडा,  र चिली मात्र छन्।

अन्य देशमा पनि भयका NCC लाई चलायमान गर्ने र ती मुलुकहरु जहाँ नेपालीहरु अन्य संस्था मार्फत आफ्ना क्षेत्रीय, जातीय, धार्मिक गतिविधिहरु गरिरहनु भएको छ तर NRN Global को मा सहभागी नभएका सवैलाई समेट्ने प्रमुख दाइत्वको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। प्रवासी समुदायमा अमेरिकाज क्षेत्र राम्रो कामको भन्दा यहाँ NCC र ICC बीच असमझदारीका कारणले बड़ी चर्चित छ । यसको समन्वयको लागि मेरी उम्मेदवारी हो ।  सदस्यता संख्याका हिसावले संसारमै सवैभन्दा ठूलो एनआरएन अमेरिका क्षेत्रको अन्तरास्ट्रिय समन्वय परिषदमा सहभागीता अझ दह्रो रुपमा हुनुपर्दछ। संस्थागत मुद्दाहरू को प्राथमिकता लाई म मूल मन्त्र हो ।

यसका निम्ति आगामी दिनहरुमा अझ बढी क्षेत्रीय समन्वय गर्दै एजेन्डाका आधारमा आपसी छलफल चलाउने र अव यो संस्थालाई अझ सफल र सवल रुपमा नेपाल सरकारसंग तथा अन्य एनआरएनए संगको सहकार्यमा अझ मजबुत बनाउनु आजको टड्कारो आवश्यक्ता देखिएको छ। यो अभियानका निमित्त मेरो जित संस्थाको पनी जित हुनेछ । एनआरएनकै पहलमा प्राप्त हाल सम्मका उपलब्धीहरुलाई ऐन मार्फत संस्थागत गर्ने, NRN लगानी, दोहोरो कर प्रणाली, एनआरएनए फ़ाउण्डेशन, एनआरएनए policy institute जस्ता बिषयमा अझ गहन ढंगले सम्बोधनको निमित अमेरिकाज रिजनकोको भूमिका महत्वपुर्ण रहन्छ।  अन्तमा, मेरो सामाजिक सेवाको लामो अनुभव तथा एनआरएनए अमेरिका भित्र रहेर पदीय दाइत्व सहितको अनुभवका आधारमा सम्पूर्ण प्रतिनिधिहरुसंग आ-आफ्नो अमुल्य मत दिई बिजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु।

धन्यबाद !

जय एनआरएनए🙏🏼

बेदराज बस्नेत

Candidate NRNA ICC Regional Coordinator Americas Region

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
23 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.61up
Indian Rupee 
Indian Rupee
85.96up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
143.64up
US Dollar 
US Dollar
1
23 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀