अमेरिका । विश्वको प्रतिष्ठित म्यागेजिन ‘टाइम’ले सन् २०२३ का उदीयमान एक सय जनाको सूचीमा काठमाडौंका मेयर बालेन्द्र शाहलाई समावेश गरेको छ । म्यागेजिनले प्रकाशित गर्ने विश्वका उदीयमान नेताहरुमा काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ को नाम समावेश छ ।
म्यागेजिनले हरेक बर्ष ६ बिधामा, अभूतपूर्व योग्दान पुराएका तथा अतिरिक्त क्षमतावान व्यक्तिहरुको नाम समावेश गर्दै आएको छ । यस बर्ष म्यागेजिनले प्रकाशित गरेका नामहरुमा पनि वैज्ञानिक, विभिन्न संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत, कलाकार, अन्तरीक्ष यात्रीसहितका व्यक्तिहरु समावेश छन् ।
टाइमले २०७९ स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा उदाएका काठमाण्डौ महानगरका मयेर शाहका बारेमा बिस्तृतमा लेख्दै भनेको छ, स्ट्रक्चरल इन्जिनियर, ३३ वर्षीय शाहले यथास्थिति प्रतिको मतदाताको आक्रोशलाई सामाजिक संजाल टिकटक, ट्विटर र इन्टाग्रामको मद्दतले मतमा परिणत गर्न सफल व्यक्ति हुन् ।
टाइमले भूकम्पको प्रभाव कायमै रहेको काठमाडौंमा फोहोर मैला तथा सरसफाईको उचित प्रबन्ध गरेको, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरण सहितको सहरी विकासमा मयेर शाह उलेख्य काम गर्न सफल भएको भनेर लेखेको छ ।
टाइमले भूकम्पको प्रभाव कायमै रहेको काठमाडौंमा फोहोर मैला तथा सरसफाईको उचित प्रबन्ध गरेको, स्वच्छ खानेपानी, सफा सडक र संस्कृतिक सम्पदाको संक्षरण सहितको सहरी विकासमा मयेर शाह उलेख्य काम गर्न सफल भएको भनेर लेखेको छ ।
टाइम म्यागेजिनले सन् २०१९ देखि संसार भरका एक सय जना प्रभावशाली व्यक्तिहरुको सूची प्रकाशित गर्दै आएको छ । शाह २०७९ बैशाखमा भएको स्थानीय तहको चुनावमा ६३ हजारभन्दा बढी मत प्राप्त गरि काठमाण्डौं महानगरपालिकाको मेयर पदमा विजयी भएका थिए ।

भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं