नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक शुबाट थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यो तस्करीमा संलग्न रहेकाहरूले ३६२ किलो सुन तस्करी गरेको खुलेको सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिइन्। ‘त्यो दिन बरामद भएको ६० किलोबाहेक रेडीलिंक कम्पनीको नाममा अरू ३०२ किलो सुन पनि तस्करी भएको देखियो,’ उनले भनिन्, ‘३ अर्ब ५० करोड रुपैयाँ बिगो दाबीसहित प्रतिवेदन बुझाउँदै छौं।’
अरु सामानमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न बाँकी छ ।बज्राचार्यले यो प्रकरणको पूरक अनुसन्धान पनि गरिने जानकारी दिइन्। सिआइबीले तस्करी संलग्नहरूलाई विभिन्न ७ कसूरमा मुद्दा चलाउन मिल्ने प्रतिवेदनमा उल्लेख छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा रोल्पाकी अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । त्यसमा १४ विदेशी ४ नेपाली रहेका छन् ।
पत्रकार सम्मेलनमा सीआइवीका प्रमुख वज्राचार्यले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का ४२ जनाको टोलीले ३५ दिन गलाएर सो अनुसन्धान गरेको जानकारी दिइन् । साथै उनले सिआइवीले तयार पारेको प्रतिवेदन आजै जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्ने जानकारी पनि दिइन् ।
तस्करीको सुन अनुसन्धानमा खासगरी तीन टोली बनाएर अधिकृतहरू खटिएको प्रहरीले जनाएको छ । जसमा फस्ट टेक्निकल टिम, एक्पोर्ट टिम र इन्गेष्टिभ टिम बनाइएको थियो । ती टोलीले दैनिक १८ घण्टासम्म काम गरेको पनि प्रमुख बज्राचार्यले जानकारी दिइन् ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं