काठमाण्डौं । संबिधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको ह्दयघातका कारण निधन भएको छ । एमाले उपाध्यक्ष तथा संसदीय दलको उपनेता समेत रहेका नेम्वाङको मंगलबार बिहान निधन भएको हो । ह्दयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुराएपछी निधन भएको एमाले प्रमुख सचेतक पदम गिरीले न्यूजपालीलाई जानकारी दिए । इलाम बजार सुन्तलाबारमा जन्मिएका नेता नेम्वाङ २०२९ सालदेखी कम्यूनिष्ट राजनीतिमा सक्रिय थिए ।
नेता नेम्वाङ २०३३ सालमा राजदोह्रको मुद्धामा जेल समेत परेका थिए । २०५६ सालको निर्वाचन जितेपछी सार्वजनिक लेखा समितिको सभापति रहँदा तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालासँग जोडिएको चर्चित लाउडा काण्ड छानविन गरेर उनि चर्चामा आएका थिए ।
२०५६ सालयता इलामबाट लगातार चुनाव जित्ने नेता नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका थिए । उनि मनमोहन अधिकारीको नेतृत्वको पहिलो कम्यूनिष्ट सरकारको कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री समेत भएका थिए ।
जनआन्दोलन २०६२/२०६३ सँगै पुर्नस्थापित संसदका सभामुख बनेका नेता नेम्वाङ २०६३ र २०७० मा पनि इलामबाट चुनाव जितेर संबिधान सभाको सर्वसम्मत अध्यक्ष भएका थिए । संबिधान सभा अध्यक्ष नेम्वाङको निधनपछी प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शिर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।
सालिन तथा भद्र नेताको परिचय बनाएका संबिधान सभा अध्यक्ष नेम्वाङ पछिल्लो राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार थिए ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं