नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छन् । डा.कोइरालाले नेपाल आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा कूटनीतिक सबै क्षेत्रमा संकटको डिलमा पुगेको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा भए पनि प्रधानमन्त्री नै निर्णायक हुने भएकाले अहिलेको संकट यो सरकारबाट पार नलाग्ने बताए ।
कोइरालाले कतिपय ठाउँमा जातीय र धार्मिक दङ्गा मच्चिन थालेको र यसमा प्रधानमन्त्रीले समेत जातीय राज्यको वकालत गरेर भड्काएको कोइरालाले बताए । उनले अब कांग्रेसको नेतृत्वमा सरकार हुन जरुरी रहेको बताए ।
११० औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा-११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा पुगेका कोइरालाले त्यहाँ पनि वर्तमान सरकारको नेतृत्व फेर्नुपर्ने र कांग्रेसको नेतृत्व रहेको सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गरिनुपर्ने बताए ।
उनले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अराजक हुँदै गएको आरोप लगाउँदै सरकार फेर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्डकै कारण धरानमा जातीय द्वन्द्व भएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो ।’ कोइरालाले भने ।
कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले भने ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं