काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको आईसीयूमा राखेर उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरले जनाएको छ।
ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको निगरानीमा आईसीयूमा उपचार भइरहेको बताएका छन्।
उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएकाले त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको उनले बताएका छन्। न्युरोसर्जरी/अर्थोपेडिक सर्जरीबाट विज्ञ डाक्टरहरूद्वारा अपरेसन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको अस्पतालले जनाएको छ।
उनलाई चिकित्सकको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत् जनाइएको छ।
यादवमाथि काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए। दर्शक दीर्घाको पहिलो लहरमा बसेर भाषण सुनेका नुवाकोटका ४७ वर्षीय श्याम सापकोटाले यादव भाषण गरेर बाहिर निस्कँदै गर्दा उनलाई पच्छ्याएर खुकुरी प्रहार गरेका थिए।
प्रहरीले पक्राउ गर्दैगर्दा सापकोटाले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘एमसीसी खारेज गर्’ भन्दै कराएको सार्वजनिक भएको भिडिओमा सुनिन्छ।

भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं