एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं: महामन्त्री थापा

एक्लै निर्वाचन लड्ने कांग्रेस बनाउँछौं: महामन्त्री थापा

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन

gagan thapa

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी निर्वाचनहरु कांग्रेस एक्लै लड्ने बनाउने बताएका छन् । उनले सबै खालका निर्वाचन हारेपनि कांग्रेस एकलै निर्वाचनमा जानबाट नडराउने समेत बताएका छन् ।

नेपाली कांग्रेसको बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलनको मंगलबार उद्घाटन गर्दै थापाले निर्वाचन अघि गरिएको गठबन्धनले कार्यकर्ताको साख गिरेको बताएका छन् । ‘जीवनभर कांग्रेस भएर हिडेकालाई अर्काको चिन्हमा मतदान गर्न लगाउँदा कांग्रेसजनमा निरासा छाएको छ’ उनले भने, ‘अब त्यस्तो हुँदैन, एक्लै लड्ने कांग्रेस बन्छ ।’ गत निर्वाचन अघिपनि थापाले फरक मत राखेर एक्लै लड्न चाहेको स्मरण गरेका थिए ।

थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताए । उनले सरकारले कांग्रेस वा अन्य जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भ्रष्टाचारमा मुछिए जोगाउनतर्फ नलाग्ने बताए ।

“कांग्रेस भ्रष्टचारमा मुछिएका कसैलाई पनि संरक्षण गर्ने पक्षमा छैन, हामी भ्रष्टाचाररहित राष्ट्र चाहन्छौँ, अहिले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरण अभियानमा कांग्रेसको पूर्ण समर्थन छ”, महामन्त्री थापाले भने, “जनप्रतिनिधिले राम्रोसँग काम गर्नुस्, पार्टी आफैँ मजबुत बन्दै जान्छ, तपाईंहरूले काम गर्नुभएन भने समस्या हुने हो ।”

महामन्त्री थापाले अहिले तीन वटै सरकारमा कांग्रेसको प्रतिनिधित्व रहेको हुँदा जनगुनासो आउने काम गर्न नहुने बताए । जनताले जनप्रतिनिधिबाट धेरै अपेक्षा गरेको हुँदा नागरिकको न्यूनतम आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । उनले जनप्रतिनिधिले जनताको मर्मअनुसार काम नगरे पार्टी र व्यक्ति दुवै सकिने बाटोमा जाने बताए ।

तीनै तहको सरकारले काम गर्ने हो भने पाँच वर्षको अवधिमा मुलुकमा ठूलो परिवर्तन आउने उनले बताए । आगामी निर्वाचनका लागि भर्खरै आत्तिनुपर्ने अवस्था नभएको महामन्त्री थापाको भनाइ छ । स्यानीयस्तरबाटै पार्टी सङ्गठन मजबुत बनाउन लाग्ने र कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा थापाको जोड छ ।

पर्वत– यसैगरी पर्वत सदरमुकाम कुश्मा बजारमा मङ्गलबार दिउँसो कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै रूपान्तरण अभियानमा जुट्न आह्वान गरे ।

महामन्त्री थापाले पार्टीको आउँदो महाधिवेशनले उम्मेदवार छनोटको प्रक्रिया बदल्ने र त्यसपछि गुटबन्दी अन्त्य भएर जाने विश्वाससमेत व्यक्त गरे। स्थानीय तहदेखि संसदीय निर्वाचनमा उम्मेदवार बन्ने/बनाउने प्रणाली परिवर्तन गरेपछि मात्रै गुटबन्दी अन्त्य भएर जाने उनको भनाइ छ ।

उनले महाधिवेशनको वर्ष क्रियाशील सदस्यता बाँड्ने गरिएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । यो पटक आउँदो २०८२ मङ्सिर–पुसतिर पार्टी अधिवेशन हुन्छ, कसैले सार्न सक्दैन’, उनले भने, “अब २०८२ वैशाखपछि कसैले क्रियाशील सदस्यता बाँड्न पाउँदैन ।”

यही भदौ १५ गतेसम्म विभाग भ्रातृ सङ्गठनलाई पूर्णता दिने भनिए पनि पूरा नभएको भन्दै भदौ मसान्तसम्म काम सक्न सभापतिलाई दबाब दिइएको बताए ।

उनले पार्टी पुरानो पाराले चल्न नसक्ने भन्दै विधि र थितिअनुरूप चलाउन जिल्ला तहबाटै नेतृत्वलाई दबाब दिनुपर्नेसमेत बताए। उनले आगामी निर्वाचनमा पार्टीलाई एक्लै भिड्न सक्ने बनाउन खोजिएकोसमेत उल्लेख गरे ।

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई विधानसम्मत उभ्याउने प्रयास गरिरहेको बताए । “लामो समयदेखि कांग्रेस विधानसम्मत हिँड्ने कुरामा अल्मलिएको थियो”, उनले भने, “हामीले विस्तारै सुधार ल्याइरहेका छौँ । यो प्रयासमा तपाईंहरूको पनि साथ चाहिन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

अमेरिका अपडेट

Loading...
23 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.2
Indian Rupee 
Indian Rupee
86.33
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
147.49
US Dollar 
US Dollar
1
23 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 23 Jul 2025 00:50 UTC
Latest change: 22 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀