प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा संसद्मा विचाराधीन मनी लाउन्डिङ विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग सहयोग मागेको बताइएको छ ।
एमाले सचेतक महेश बर्तौलाका अनुसार अध्यक्ष ओलीले संसद्बाट विधेय पारित हुनुपर्छ भन्नेमा आफू सकारात्मक रहेको बताएका छन् । उनका अनुसार ओलीले मानव अधिकार र सर्वोच्च अदालतको फैसला प्रतिकूल हुने गरी विधेयक ल्याउन नसकिने बताएका थिए ।
‘संसद्मा मनी लाउन्डिङ, टिआरसी विधेयक लगायतको विषयमा काम भइराखेको छ । यी नै विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । उहाँ (प्रधानमन्त्री) अमेरिका भ्रमणमा जाँदा हुनुहुन्छ, त्यहाँ जानुपूर्व यीनै विषयमा उहाँले छलफल गर्न चाहनुभयो,’– एमाले सचेतक महेश बर्तौलाले भने ।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं