काठमाडौं । नेपाल सरकारले छिमेकी देश सहित अन्य देशको नक्साको पूर्ण सम्मान गर्ने बताउँदै आफ्नो मुलुकको नक्साको समेत पूर्ण सम्मान गर्नुपर्ने बताएको छ । उत्तरको छिमेकी देश चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि नेपाल सरकार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अरु मुलुकको नक्साको सम्मान गर्न भनेको हो ।
हाम्रो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ, परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न सरकार प्रतिबद्ध छ। २०७७ जेठ ३१ गते संविधान संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर चुच्चे नक्सा जारी गर्न संसदले अनुमोदन गरेको थियो। त्यसअघि सरकारले जेठ ७ गते सबै भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। त्यसबेला संविधान संशोधन गर्न सबै दलहरु एकमत भएका थिए। नेपाल तथा विदेशीहरूले त्यही नक्सालाई प्रयोग गर्दै आइरहेका छन् ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत सङलाई भेटेर पुरानो नक्सा प्रयोग गरेकोबारे चासो राखेका छन् । यसैबीच नेपालको चुच्चे नक्सालाई मान्यता नदिएकोबारे प्रधानमन्त्री दाहालले चिनियाँ पक्षसँग छलफल गर्ने जानकारी दिईएको छ ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं