काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई जोडेर भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गर्दै यती होल्डिङस, वाइडबडी, गिरीबन्धुल गायतका प्रकरणको छानविन गर्न सरकारलाई चुनौती दिएका छन् । अध्यक्ष ओलीले सरकारलाई खुलेर छानविन गर्न चुनौती दिएका हुन ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देश विकासका साथै समृद्धिमा ध्यान केन्द्रित रहेको भन्दै ओलीले एमालेका ईश्वर पोखरेलको पनि बचाउ गरे । ओलीले भने, पानी ट्यांकीमा पैसा लुकाएको अरोप पनि मित्थ्या थियो ।
अध्यक्ष ओलीले सत्तामा रहेकाहरुनै मुछिने भन्दै यस्ता प्रकरण छानविन गर्दा आफूलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरु मुछिने बताए। सत्तामा रहेका व्यक्तिहरूनै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको उनको आरोप छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगायतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको हो । एमाले अध्यक्ष ओलीले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गरे।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं