काठमाडौं
सीके राउत नेतृत्वको जनमत पार्टी सरकारका सहभागि हुने भएको छ । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएपछि सीके राउतको पार्टी सरकारमा सहभागी हुन ढोका खुलेको हो।
जनमतबाट अनिता देवी साह मन्त्री बन्ने पक्का पक्की भएको बताइन्छ । पार्टी अध्यक्ष राउतले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनिताको नाम मन्त्रीका लागि सिफारिस गरिसकेका थिए । राष्ट्रपति कार्यालयले सोमबार शपथग्रहण गराउने तयारी गरेको जानकारी दिईएको छ। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको शपथग्रहणका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र समेत पठाएको छ।
जनमतका अध्यक्ष राउतको भने उद्योग वा कृषि मन्त्रालय पाउनुपर्ने दाबी थियो । नेपाली कांग्रेसका नेता रमेश रिजाल उद्योग मन्त्री छन्। उनलाई सामान्य मन्त्रालयमा पठाएर जनमतकी शाहलाई उद्योग मन्त्रालय ल्याउने पनि सम्भावना रहेको बुझिन्छ ।
अहिले कृषि मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीका बेदुराम भुसालले बहन गर्दै आएका छन्। जनमतलाई कृषि मन्त्रालय दिएर भुसाललाई संघीय मामिलामा ल्याउन सकिने विषयमा पनि छलफल बालुवाटार श्रोत बताउँछ ।
भर्खरै
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
आफ्नो र परिवारको सम्पत्ति विवरण पार्टीलाई पेस गर्नू : प्रचण्ड
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं