नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ

नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ

प्रविधिक भाषामा यसलाई एक गिगवाइट पर सेकेन्ड जिबीपीएस भनिन्छ

nepal-telecom

काठमाडौं

नेपाल टेलिकमले उच्च गतिको इन्टरनेट सेवा शुभारम्भ गरेको छ । प्रविधिक भाषामा यसलाई एक गिगवाइट पर सेकेन्ड जिबीपीएस अर्थात १००० मेगावाइट पर सेकेन्ड एमबिपीएस सम्म उच्च गति भएको फाइभर टु होम एफटिटिएच इन्टरनेट सेवा भनिन्छ ।

यसअघि कम्पनीले १०० एमबिपीएससम्म उच्च गति भएको एफटिटीएच सेवा उपलब्ध गराइरहेकामा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराईएको जानकारी टेलिकमले दिएको छ । हाल कम्पनीले जिपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति सय एमबिपीएस रहेकामा अब एक्सजिपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने नेपाल टेलिकमले जानकारी दिएको छ ।

सेवा पाँच सय एमबिपीएस र एक जिबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध हुनेछ। यसको डाउनस्ट्रिम क्षमता १० जिबीपीएस र अपस्ट्रिम क्षमता दुई दशमलव पाँच जिबीपीएस हुनेछ। प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने, अन्य नेटवर्कमा प्रतिमहिना तीन सय ५० मिनेट कल गर्न सकिनेछ। यो प्याकमा शून्य दशमलव पाँच टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ।

प्रिमियम एफटिटीएच एक जिबीपीएसअन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना पाँच सय मिनेट कल गर्न सकिनेछ। यो प्याकमा एक टिबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ दुवै प्याकेजमा एउटा आइपिटीभी, सिपीइ र सेटटप बक्स तथा तीन सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ। पाँच सय एमबिपीएसको ‘प्रिमियम एफटिटीएच पाँच सय एमबिपीएस’ प्याकेज वार्षिक ८० हजार र एक जिबीपीएसको ‘प्रिमियम एफटिटीएच एक जिबीपीएस’ प्याकेज वार्षिक एक लाख १० हजारमा उपलब्ध हुनेछ।

यो सेवा वा अन्य एफटिटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीले १९८/१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी जिरो मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ। हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरू यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀