नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसका सांसद शुनिलकुमार शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रका बिषयमा छानविन गर्न पक्राउ गरिएको बारे संसदलाई औपचारिक पत्र पठाएको छ ।
सीआईबीप्रमुख किरण बज्राचार्यले बिहीबार सभामुख घिमिरेलाई पत्र पठाएर सांसद शर्मा पक्राउबारे जानकारी दिएकी छन् । सांसद पक्राउ गर्दा सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ। सीआईबीको पत्रमा भनिएको छ, फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ परेका सांसद सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं. ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित रहेकाले नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराईन्छ ।
उनको आईएस्सीको प्रमाणपत्र नक्कली भएको देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जानकारी गराएको छ । चिकित्सा क्षेत्रका विवादित व्यवसायी शर्मा गत मंसीरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनि मेडिकल कलेजको सम्बन्धन, सीट निर्धारण र शिक्षण शुल्कका विषयमा विवादमा आइरहने व्यक्ति हुन् ।
सांसद शर्मालाई पक्राउ गरेको बारे सीआईबीले सभामुखलाई लेखेको पत्र
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं