काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले संसद गतिरोधबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । लामो समयदेखी नेकपा एमालले संसद संचालन गर्न नदिएको बारे चासो व्यक्त गर्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकणमा निष्पक्ष छानविनको माग राख्दै लगातार संसद अवरुद्ध गरिरहेको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद गतिरोध अन्त्य गर्ने विषयमा छलफलसमेत गरेका छन्। बिहीबार प्रधानमन्त्री दाहाललाई शीतल निवासमा बोलाएर उनले संसद गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका हुन्।
यसैगरी संसद संचालन गर्ने विषयमा राष्ट्रपति पौडेलले सभाखु देवराज घिमिरेसँग समेत छलफल गर्ने कार्यतालिका छ । राष्ट्रपति कार्यालयका अनुसार पौडेलले सभामुख घिमिरेलाई शुक्रबार १० बजे भेट्न बोलाएका छन् ।
संसद अवरुद्ध भएपछि आवश्यक कानुन निर्माणमा बाधा पुगेको भन्दै राष्ट्रपतिले संसद खुलाउन पहलकदमी लिएको बुझिन्छ । राष्ट्रपति कार्यलयका अनुसार उनले प्रधानमन्त्री दाहालसँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा पनि छलफल गरेका थिए।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं