बिहिबार, २५ श्रावण २०८०
बीबीसी
अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आगो निभाउने अभियानका क्रममा उक्त हेलिकोप्टर दुर्घटना भएको बीबीसीले जनाएको छ।
समाचारअनुसार सो अभियानका क्रममा दुई हेलिकोप्टर ठोक्किएको थियो । तीमध्ये एउटा दुर्घटनामा परेको र अर्को सुरक्षित अवतरण गरेको थियो। दुर्घटनामा हेलिकोप्टरमा सवार तीन जनाकै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
राष्ट्रिय यातायात सुरक्षा बोर्डले उक्त दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। क्याल फायरका दक्षिणी क्षेत्रका प्रमुख डेभिड फल्चरले घटनालाई अपूर्णीय क्षति भएको उल्लेख गरेका छन्। ‘हामीले तीन महान व्यक्तित्व गुमायौं। तीन बुबा, तीन श्रीमान, तीन साथी, तीन छोरा, उनले भने, ‘छोराछोरीहरूले बाबु गुमाएका छन्।’
भर्खरै
अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं