माफिया मार्फत सुन मात्रै भित्रिएला कि, केही गर्छु भन्ने भिमहरु पनि भित्रिएलान् ?

माफिया मार्फत सुन मात्रै भित्रिएला कि, केही गर्छु भन्ने भिमहरु पनि भित्रिएलान् ?

Bhim Luitel

हेर्ने कथा हेरेपछि

सामाजिक संजाल फेसबुकमा ढाँटिएर कालो चस्मा लगाएको फोटो पोष्ट गरेपछि मेरा नजर घुमे युट्यूब तिर । आइतबारको दिन यस्तै यस्तै गरेर दिमाग र मनलाई शान्त राख्ने कोशिस मेरो रहन्छ ।

यसो त बिदेशमा आइतबार र शुक्रबार भन्ने कम हुन्छ यदी, म जस्तो घन्टा हान्ने व्यक्ति हो भने । यसरी बुझौं यस पल्ट मौका मिल्यो । भन्ने गरिन्छ, बिदेशमा मौका मिल्नासाथ रमाईलो गरिहाल्ने हो, खानपिन गरिहाल्ने हो अनि मज्जाले सुत्ने पनि हो । नमिल्दा काममा कुदि हाल्ने हो ।

यस्तै यस्तै मौका मिल्दा म फिल्म हेर्छु, फिल्म हेर्दा राजनीति र केही संघर्षका कथा भएका फिल्महरु हेर्छु । प्रेम गरेर बिवाह गरेको भएपनि प्रेमको कथा भएका फिल्महरु म त्यत्ति हेर्दिन् । युट्यूबमा संचारकर्मी बिद्या चापागाइँको हेर्ने कथामा समावेश हुने, प्राय हेर्ने कथा म हेर्न कोशिस गर्छु । यस पल्ट स्याङजा वालिङका मिम लुइँटेलको संघर्षको कथा हेरेँ ।

संचारकर्मीले भिमको कथा शिर्षकमा न्याय गरेको जस्तो मलाई लागेन् । यदी म भएको भए, त्यो कार्यक्रमको शिर्षक भिमको भिष्मप्रतिज्ञा भनेर राख्थेँ होला । खैर यो शिर्षकतिर नजाऔं । संचारकर्मी बिद्या चापगाइँको प्रस्तुती र शब्द चयन गजबका हुन्छन् । म उहाँको सृजनशिलता तारिख गर्न चाहन्छु । साचिकै भन्नु हुन्छ भने भिमको भिष्मप्रतिज्ञा कथाले यति बेला देशको समग्र परिवेश बोलेको छ । व्यक्तिको सोच, राज्य र देशको परिवेशको चित्रण गरेको छ ।

यदी यो कथा देशका नेता भनिनेहरुले हेर्थे भने सायद उनिहरुको लोभ र मोहको भाँडो भरिएको अनुभूति हुन्थ्यो होला । भिम नेपाली सेनाको जागिर छोडेर तमसुकका कागजमा लेखिएको ऋण तिर्न अबर लागे । परिवारको केही बोझ र केही थान ऋणको भारी बिसाएपछि केही समय मेहेनत गरेर उनि देशको मायाले स्वदेश फर्किए । देशमा केही गर्ने अठोट पाले ।

भिमको भिष्मप्रतिज्ञा स्वरुप उनले गाउँमै बङगुर पाल्ने सोच बनाए । उनको सोचमा समयको गतिसँगै केही सप्ठ्यारा र अप्ठ्यारा दुवै आए । उनले कहिल्यै हार मानेका रहेनछन् । उनले कार्यक्रम प्रस्तोतासँग जुन शैलीमा प्रस्तुत भएका छन्, उनि कम्जोर पटक्कै देखिन्न् ।

हाम्रो जस्तो मुलुकमा राज्य निरिह छ । कृषिका नाममा हुने सहयोग र चन्दा र अनुदान माफियाको हातमा पुग्छ । भनिन्छ कर्मचारीको मिलेमतोमा अनुदान नामधारी कृषकको खल्तीमा पुग्छ । भिमको ब्यवसाय यात्रामा पनि बङगुरलाई रोग लाग्यो उनका सयौं बङगुर मरे । भर्खर आशाको दियो बलिरहेको थियो । भर्खर सपनाहरुले पालुवा हाल्दै थिए, भर्खर पैसामा बिक्ने समाज र आफन्तका अगाडि केही गर्छु भन्ने हिम्मते हाँगा हाल्दै थियो तर रोगले मरेका बङगुरसँगै तिर आशा र भरोसामा तुसारापात भयो, मरेका बङगुरसँगै ति सपना खाल्डोमा हालेको अनुभूति भयो । तर हिम्मत उचो राखिरहेका छन्, भिम ।

राज्यको सहयोग सायद उनले पाएनन् । आड र भरोसा दिने श्रीमति बाहेक सबै उनका पराई भए । बङगुर छुनु हुन्न्, बङगुर छोए बिटुलो भइन्छ भन्ने हाम्रो समाजमा उनि अहिले एक्लो भएका रहेछन् । बङगुर पालेको मान्छेले लास छुनुहुन्न भनेर भिममाथी आरोप लगाइयो । आमाले समेत दशैमा टिका लगाउँदा तैँले बङगुर पालन छोडेस भनेर आर्शिवाद दिनुभयो । यसैले यत्रो संघर्ष र मेहेनत गर्ने अदभूत क्षमता भएका भिम यतीबेला एक्लो भएका छन् ।

भन्छन्, आरिस गर्ने समाज, सहयोग नगर्ने राज्य, छोइछिटो गर्ने प्रवृतिका बिरुद्धमा यदी मैले टन्न पैसा कमाएको हुन्थेँ भने सायद मप्रति समाजले हेर्ने दृष्टिकोण परिर्वतन हुने थियो होला । हो हाम्रो समाज यस्तै छ, पैसा भएकालाई भगवान मान्छ, श्रम गर्ने, महेनती र सृजनशिलहरु प्रति समाजले हेर्ने दृष्टिकोण सायद गलत छ । उनका भनाईमा केही दम छ । समाज र राज्यको यस्तै दृष्टिकोण र सोचको शैलीले देशमा केही गर्छु भन्ने युवाहरु नअडिएको पनि हुनु पर्दछ ।

साउदी कतारमा दश बिस हजारमा श्रम बेचिरहेकाहरुलाई रोजगारी दिने, देशमै उद्यमशिल बन्ने अनि स्वाभिमानका साथ आफ्नो माटोको सुगन्धमा बाँच्ने उनको भिष्मप्रतिज्ञालाई मैले समाल गर्दछु । भिम भन्छन्, घर खेत र परिवारको लालन पालनमा मात्रै म अल्झिएको भए सायद म सुखी जीवनयापन गरेको हुने थिएँ । अरुलाई पनि देशमै श्रम गरेर खाने बनाउँछु भन्दा यो अवस्थामा छु ।

भिमका आखाँ धेरै पल्ट रसाए, उनको संघर्षको कथा हेर्दा मेरा आँखा पनि रसाए । भिडियो छायाङकनका क्रममा भिम भन्दै थिए, सबै हुने खाने पैसाको पछाडी दौडिने रहेछन् । कुनै बेला मलाई भेट्न समय माग्दा म सँग समय थिएन्, अहिले मैले कसैलाई भेट्छु भन्दा मलाई समय दिँदैनन् ।

भिम जस्तै देशमै केही गर्छु, यो देशमा सुन फलाउँछु भन्दा सहयोग गर्ने राज्य संरचना हाम्रो देशमा कहिले बन्ला ? माफिया र तस्करहरुले सुन भित्राउने मेरो देशमा देशमै केही गर्छु भन्ने भिम जस्ता जोशिला, जाँगरिला युवा पनि भित्राउन मेरो देशको राजनीतिलाई सोच्ने समय कहिले मिल्ला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀