अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस क्षेत्रमा दसैं तिहार उत्सव (फेस्ट) २०२३ हुने भएको छ । उक्त उत्सवका बजार व्यवस्था निर्देशक सुरेश सापकोटाले एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा यस वर्ष मनाइने उत्सवलाई डिटी फेस्ट २०२३ नाम दिइएको छ । ‘हामी नेपाली संस्कृति, कला, संगीत, खाना र खानाको उत्सव डिटी फेस्ट २०२३ घोषणा गर्न पाउँदा उत्साहित भएका छौं’ विज्ञप्तिमा भनिएको छ ।
उत्सव अक्टोबर १४ ,२०२३ का दिन भर्जिनियाको प्रिन्स विलियम काउन्टीको फेयरग्राउन्ड नामक खुला घासे मैदानमा आयोजना हुने जनाइएको छ। ३ ई इन्टरटेनमेन्टद्वारा आयोजना गरिएको यो परिवारमैत्री कार्यक्रम, जसले विगत दुई दशकदेखि वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायका लागि व्यावसायिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।
दुई दशकको अनुभव र स्रोतहरूका साथ कार्यक्रमलाई भव्य रूपमा सफल बनाउने योजनामा रहेको समेत विज्ञप्तिमा जनाइएको छ ।उत्सवमा विभिन्न गतिविधिहरूका साथै दिनभर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिने जनाइएको छ । सहभागीहरूले रंगीन चङ्गा उत्सव ,कला प्रदर्शनी, स्वादिष्ट खाना र पेय पदार्थ, प्रदर्शनमा राखिएका विक्रेताहरूसंगको किनमेल, प्रत्यक्ष संगीत प्रदर्शनहरू लगायतका थुप्रै कार्यक्रमहरु हुनेछन ।
सो कार्यक्रममा आयोजक पक्षले सबैलाई उपस्थितिको लागि अनुरोध गरेको छ । थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest2023.com मा जान सकिने विज्ञप्तिमा जनाइएको छ ।
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं