विराटनगर : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले संसदको गरिमामा ठेस पुगेको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको बताए।
उनले भने,’ कुन परिप्रेक्षमा बोल्नुभयो मैले त्यो जान्दिन। तर यसले अत्यन्त गलत भाष्य भएको छ। यसले संसदको गरिमालाई ठेस पुर्याएको छ। नेपाली जनतालाई पनि ठेस पुर्याएको छ।’ उनले प्रधानमन्त्रीलाई विचार पुर्याएर बोल्नुपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए। सोही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका छन्।
उनीहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक र राष्ट्रिय सभा बैठक बस्न सकेका छैनन्।
कोशी प्रदेशमा सभामुखको भूमिका संविधान विपरित
कोइरालाले कोशी प्रदेशमा सभामुखको भूमिका संविधान विपरीत भएको बताए ।
सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत काम भएको उनको गुनासो छ । ‘सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन,’ उनले भने, ‘लोकतान्त्रिक परिपाटी र संसदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा भोलिका दिनमा अफ्ठ्यारो परिस्थिति सृजना हुने देखिएको छ ।’
प्रदेशमा देखिएको अहिलेको परिस्थितिको निकास एमालेले खोज्नुपर्ने उनको भनाइ छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं