छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई

छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई

npabsan (2)

पोखरा, २८ जेठ । एन प्याव्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कूलले हाता पारेको छ ।

एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रा तर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरुङ् तृतीय र इमानुयल स्कूलका परुश तामाङ् सान्त्वना हुनभएको छ ।

त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक स्कूलकी चाहाना राइ प्रथम, एलपी देवकोटा मेमरियल स्कूलकी मेनुका अधिकारी द्धितीय, रत्नज्योति माविकी श्यामसुधा पराजुली तृतीय सिद्धार्थ लवडेल वोर्डिङ् स्कुलकी दावा डोल्मा सान्त्वना हुनभएको छ ।

विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, प्रमुखबाट निवृत्त भएका नारायण सुवेदी र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ट्रफी मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

त्यसैगरी उत्कृष्ट दश भित्र पर्ने विद्यालयका विद्यर्थीलाई पनि मेडल प्रदान गरिएको थियो । छात्रा तर्फ गोर्खा वोर्डिङ् स्कूल, अञ्जुली आवासिय विद्यालय, सिद्धिविनायक वोर्डिङ् स्कूल, ज्ञानज्योति विद्याकुञ्ज मावि, डायमण्ड मोडेल स्कूल, कास्की मोडनाइज्ड एकेडेमी रहेका छन् भने छात्र तर्फ मर्निङ्लोरी एकेडेमी स्कूल, लिटिल फ्लावर एजु्केशन एकेडेमी, सिद्धिविनायक वोर्डिङ् स्कूल, अक्सफोर्ड स्कूल, कान्तिपुर एकेडेमी, साइनिङ् स्टार वोर्डिङ् स्कूल रहेका छन् ।

प्रतियोगितामा छात्र तर्फ ३८ जना र छात्रा तर्फ ३२ जना सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिनुभयो ।

प्रतियोगिताको निर्णायकमा नेशनल चिफ अरविटर मनेश्वर अधिकारी, नेशनल अरिवटर शुक्र कुमार प्रधान, नेशनल अरविटर सागर साइ र अरविटर युवराज भण्डारी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्माले बुद्धिचाल प्रतियोगिताले विद्यार्थीको सोच्न सक्ने क्षमताको विकास गर्ने बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यार्थीको बौद्धिकता निखार गर्दै अन्तराष्ट्रियस्तरमा मेडल प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलाई स्वागत र इकाइबाट निवृत्त भएका पूर्व प्रमुख नारायण सुवेदीलाई विदाई गरिएको थियो ।

त्यस अवसरमा बोल्दै प्रमुख आचार्यले कास्की निजी विद्यालयहरु सँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

निवृत्त प्रमुख सुवेदीले आफु लामो समय कास्की जिल्लामा रहेर काम गरेको बताउँदै आगामि दिनमा पनि यस क्षेत्रको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि आफु सधै सहयोगी बन्ने बताउनुभयो।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀