पोखरा, २७ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी आठ औं स्थापना दिवस मनाएको छ ।
प्रदेश, जिल्ला र पालिकास्तरमा शुक्रवार विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाइएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो ।
नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
त्यस अवसरमा पछिल्लो समय कास्कीमा पालिएका पशुहरुमा देखिएको लम्पी स्किन रोग बारे सचेतना र गाई÷भैंसीका लागि निःशुल्क औंषधी वितरण गरिएको थियो ।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषक शोभा तिमिल्सिनालाई औषधी हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री जिसीले कृषि अनुदान वास्तविक किसान समक्ष पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले अब उत्पादनको आधारमा अनुदान दिने तयारी गरेको जानकारी दिनुभयो ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव हुमागाईले देशको समृद्विको लागि आयात घटाउने र निर्यात बढाउने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
नेल्टाका महासचिव सुरेश श्रेष्ठले किसानलाई छिटोछरितो गुणस्तरीय सेवा प्रदानमा नेल्टाले ध्यान दिदै आएको बताउनुभयो ।
त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, माछापुच्छ«े गाउँपालिका प्रमुख मिन बहादुर गुरुङ, उपप्रमुख सीता अधिकारी, पशु चिकित्सक शम्भुराज पाण्डे, प्रकाशराज अधिकारी, प्रतिभा सहकारी संस्थाकी व्यवस्थापक गोमा अधिकारी लगायतले बोल्नुभएको थियो ।
नेल्टा गण्डकीका अध्यक्ष सहदेव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका अध्यक्ष बसन्त कोइरालाले स्वागत र केन्द्रीय सदस्य डिल्ली रेग्मीले संचालन गर्नुभएको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं