बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै

बगर भाई खलक सुपर भेट्रान फुटबल खेल्न भारत जाँदै

bidai

पोखरा २३ जेठ । बगर भाई खलक ६० वर्ष माथीको सुपर भेट्रान फुटबल खेल्न भारत जाने भएको छ।

मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा जेठ २६ देखि २९ गते सम्म आयोजना हुने प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३ अन्तर्गत हुने सुपर भेट्रान फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो ।

भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगर र पोखरा महानगर पालिका वडा नं. १ ले कार्यक्रम गरी बिदाई गरेको छ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले जितको शुभकामना दिंदै खेलकुद सँगै सामाजिक अभियानमा सक्रिय भाई खलकले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक शालिकराम तिमिल्सिनाले भाई खलकले समाजमा सचेतना जगाउने सँगै खेल अभियानमा सक्रियता पूर्वक अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

‘म पनि कुनै बेला फुटबलको खेलाडी थिए’ उहाँले भन्नुभयो,‘आफू सक्रियपूर्वक खेलमा जोडिन नसके पनि पाको उमेरमा पनि खेलकुदलाई अभिन्न बनाउन सकिन्छ भन्ने कुरालाई उदाहरणको रुपमा भाई खलकले स्थापित गरेको छ ।’

सामाजसेवी तथा वडा प्रहरी कार्यालयका निर्माण तथा सम्भार समितिका अध्यक्ष पुरोषतम श्रेष्ठ, बगर भाई खलकका अध्यक्ष दिल बहादुर गुरुङ, महासचिव याम बहादुर गुरुङले बोल्नु भएको थियो ।

पहिलो पटक सुपर भेट्रान फुटबलमा सहभागिता जनाउन लागेको टोलीमा १५ जना रहेका छन्। टोलीमा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट छ ।

जसमा ६९ वर्षिय दिनेश कुमार श्रेष्ठ, ६९ वर्षिय केशव (आनन्द) रञ्जित, ६८ वर्षिय चिन बहादुर गुरुङ, ६६ वर्षिय दिल बहादुर गुरुङ, ६५ वर्षिय जसकाजी गुरुङ, राम बहादुर गुरुङ, ६२ वर्षिय कृष्ण बजिमय, अम्बर गुरुङ, रमेश कुमार श्रेष्ठ, ६१ वर्षिय लोक बहादुर गुरुङ, ६० वर्षिय युद्ध बहादुर गुरुङ, जुनकाजी गुरुङ, ओमकार गिरी, धन कुमार गुरुङ (सन्तोष) र शकिल गुरुङ रहनु भएको छ ।

टोली बुधबार बिहान भारतका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो। बिदाई कार्यक्रममा पोखरा महानगर वडा नं १ का अध्यक्ष प्रधानले खेलाडीहरुलाई मायाको चिनो स्वरुप खेल पोशाक प्रदान गर्नुभएको थियो ।

बगर भाई खलकले तमु धिं युकेद्वारा हालै युकेमा सम्पन्न भेट्रान फुटबलमा समेत सहभागिता जनाएको थियो । ६० वर्ष माथीको फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक भारता जान लागेको हो ।

नेपालमा भेट्रान फुटबल आयोजना गर्ने श्रेय समेत भाई खलकलाई छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्ययाम, नागरिक हरुको लागि नौलो आयाम’ भन्ने नाराका साथ विगत १२ वर्ष देखि निरन्तर भेट्रान फुटबलको आयोजनाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चर्चा बटुलेको छ ।

भाई खलकले सञ्चालन गरेको ग्रासरुट लेभलका फुटबल प्रशिक्षक मनिष क्षेत्रीलाई उपचारका लागि नगद रु ५ हजार सहयोग गरेको छ । उहाँ विगत एक वर्ष देखि घुँडाको चोटका कारण समस्यामा रहनु भएको छ । उहाँको घुँडाको शल्यक्रिया गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀