नीतिगत तहमा नै हाम्रा एजेण्डा पु¥याउन आवश्यक छ – आत्रेय

नीतिगत तहमा नै हाम्रा एजेण्डा पु¥याउन आवश्यक छ – आत्रेय

Chhatra Dhar Atreya (4)

पोखरा, २५ चैत । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले उम्मेदवारी दिनुभएको छ ।

साना तथा मझौला व्यवसायीलाई वर्तमान अवस्थामा परेका समस्या नीतिगत रुपमा सुधार तथा समाधान गर्न आवश्यक रहेको र आफू त्यसका लागि काम गर्ने तयारीसहित महासंघमा जान लागेको उहाँको भनाइ छ । ‘व्यवसायीका समस्या केकस्ता छन् मलाई जानकारी छ,’ उहाँले भन्नुभयो, ‘वर्तमान समयमा सम्पूर्ण निजी क्षेत्रमा समस्या छ । साना तथा मझौला व्यवसायी अझै बढी पीडामा छन् । म उनीहरुको सुख दुखको सारथी बन्न चाहन्छु ।’

कुन ठाउँका व्यवसायीका समस्या के कस्ता छन् पत्ता लगाई एकीकृत गरेर नीतिगत सुधार तथा समाधानका लागि लाग्ने उहाँले बताउनुभयो । ‘हामीले महासंघमा गएर गर्न सकिने कुरा धेरै छन् । अब काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कतिपयमा आन्दोलन, विरोध तथा हड्ताल गरेर समस्या समाधान हुन्छ भन्ने धारणा पनि छ । तर, त्यो समाधानको उपाय होइन । अब नीतिगत तहमा नै हाम्रा एजेण्डालाई पु¥याउन आवश्यक छ ।’

अहिलेको अवस्थामा व्यवसायीले रोजगार कटौती गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले निजी क्षेत्रलाई प्रोत्साहन जरुरी रहेको बताउनुभयो । ‘राज्यबाट व्यवसाय प्रवद्र्वनका लागि विभिन्न प्याकेज आएका छन्, अनुदानका कुरा आएका छन् तर प्रभावकारी रुपमा कार्यान्वयन भएका छैनन् । राज्यले अध्ययन नै नगरि बनाईका नीति तथा कार्यक्रमका कारणले गर्दा कुनैपनि कुरा राम्रो हुन सकेको देखिएको छैन । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार सवैले गहिरिएर निर्क्यौल गरेर समाधानका उपाय पत्ता लगाएर अगाडी बढ्न आवश्यक छ,’ आत्रेयले भन्नुभयो ।

महासंघमा पद र पहिचानका लागि धेरै अनुहार आएपनि समस्या समाधानका लागि खासै उल्लेखनीय काम हुन नसेको उहाँले बताउनुभयो । व्यवसायीका समस्या समाधानका लागि पहल तथा निराकरण गर्नुका साथै महासंघसँग जिल्ला तथा नगरका उद्योग वाणिज्य संघको सम्वन्धलाई थप प्रगाढ बनाउन पनि आफूले उम्मेदवारी दिएको उहाँले स्पष्ट पार्नुभयो ।

जिल्ला तथा नगरतर्फबाट महासंघको केन्द्रीय सदस्यमा आफूलाई अत्याधिक मत प्राप्त हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀