नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस

loktrantik udhog sangh

पोखरा, १८ फागुन । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ (प्रजातान्त्रिक व्यवसायी संघ), गण्डकी प्रदेशले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रम नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभापति शर्माले प्रजातन्त्रवादी व्यवसायीलाई संगठित गर्दै व्यवसायी र राजनीतिबीच सहसम्बन्ध कायम गर्ने उद्देश्यका साथ संस्थाको गठन भएको बताउनुभयो ।

संस्था स्थापनाको एक वर्ष अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले व्यवसायी र राजनीतिलाई एक अर्काका अभाव पूरा गर्ने गरी अघि बढाइएको बताउनुभयो ।

व्यवसायका क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिदै उहाँले व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने गरी लाग्नु जरुरी भएको बताउनुभयो ।

उद्योग व्यवसाय र राजनीति दुबैलाई सफल बनाउने गरी सहकार्य गर्दै अघि बढ्नु जरुरी रहेको बताउँदै सभापति शर्माले हामीसँग रहेका साधनस्रोतको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विद्यमान आर्थिक समस्या बारे सम्बद्ध पक्षबीच बहस हुनु जरुरी रहेको बताउनुभयो ।

नेपालमा देखिएको आर्थिक समस्या समाधानका लागि उत्पादनमा जोड दिदै रोजगारी सिर्जनातर्फ लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।

नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले चर्को व्याजदर लगायतका समस्याले व्यवसायीहरू गम्भीर समस्यामा रहेको बताउँदै यसले आत्मदाहजन्य घटनाहरू बढ्नु चुनौतीका रुपमा देखिएको बताउनुभयो ।

प्रजातन्त्रवादी व्यवासायीलाई संगठित गर्दै व्यवसायिक क्षेत्रका समस्यामा हातेमालो गर्नका लागि संघको गठन भएको उहाँले स्पष्ट पार्नुभयो । गण्डकीमा १० वटा जिल्लामा संघका समितिहरू गठन भएको उहाँले जानकारी दिनुभयो ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अमृत भट्टचन, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका महासचिव इश्वरप्रसाद कर्माचार्य लगायतले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
03 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Dec 2025 19:25 UTC
Latest change: 02 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.8up
Indian Rupee 
Indian Rupee
89.83up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
155.97up
US Dollar 
US Dollar
1
03 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Dec 2025 19:25 UTC
Latest change: 02 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀