कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई सम्मान

कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई सम्मान

Photo

पोखरा, २४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक प्रणालीमा नेतृत्वले लोक अर्थात् आम नागरिकका कुरा सुन्न र आंफ्नो बारेमा गरिएको आलोचनालाई समेत मनन गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय समितिद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पाण्डेले नेतृत्व संयमित र सहिष्णु बन्नुपर्नेमा जोड़ दिनुभएको हो ।

“ विगत ५÷७ वर्षको बिचमा देशमा नागरिक स्तरबाट वा सामाजिक सन्जाल मार्फत सम्भवतः सबै भन्दा बढी आलोचना नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको भयो होला तर उहांले कहिल्यै पनि सार्वजनिक रुपमा आंफ्नो आलोचना गर्नेहरु प्रति आक्रोस पोख्नुभएको छैन” कांग्रेस नेता पाण्डेले भन्नुभयो ।

नेपालमा नयाँ उदाएका भनिएका नेताहरु भने आंफ्नो गल्ती हुंदा समेत कुनै आलोचना सुन्न नसक्ने असहिष्णु र अमर्यादित बन्दै गएकोमा चिन्ता लागेको उल्लेख गर्नुभयो ।

आंफ्नो गल्ती ढाकछोप गर्न अरुको आलोचना मात्र गर्ने हैन , आंफु नै सुध्रिनु पर्छ– पाण्डेको भनाई थियो । नेपाली कांग्रेसमा विभिन्न विभाग र समितिहरु रहेको कुराको चर्चा गर्दै कांग्रेस केन्द्रीय सदस्य पाण्डेले भन्नुभयो – कास्कीमा शुभेच्छुक संस्था समन्वय समितिले गरे जस्तै काम सबै समिति र विभागले सबै ठाउंमा गर्ने हो भने संगठन बिस्तारमा बल पुग्नेछ ।

गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा एमालेको रहेपनि संसदमा कांग्रेस प्रमुख शक्ति रहेकोले कार्यकर्ताहरुलाई सरकार कांग्रेसको छैन भनेर निराश नहुन आग्रह गर्नुभयो ।

आफु अबको ४÷५ वर्षसम्म पोखरामा रहने भएकोले पार्टी संगठनको हितका लागि र कार्यकर्ताहरुको सन्तुष्टीका लागि गर्नुपर्ने काममा आंफु प्रतिवद्द रहने पाण्डेको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा सबै क्षेत्र विधालाई समेटेर उपयुक्त जÞिम्मेवारी दिन आफु तत्पर रहेको भन्दै जिम्मेवारीमा रहेका साथीहरुले संगठन बिस्तारमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल विधार्थी संघ कास्कीमा केन्द्रीय समितिले नयाँ अध्यक्ष मनोनित गरि पठाएको प्रसंग उल्लेख गर्दै बरालले निर्धारित समयमा अधिवेशन गर्न र आसन्न स्ववियुको निर्वाचनमा विभिन्न क्याम्पसहरुमा नेविसंघका उमेदवार बिजय गराउने अभियान सफल पार्न सबै प्रतिवद्द हुन आवश्यक रहको बताउनुभयो ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य एवं शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुलीले पार्टीको नीति बिचार र सिद्दान्तलाई जनस्तरमा पुर्याउने कुरामा शुभेच्छुक संस्थाको भूमिका महत्वपुर्ण रहेको भएपनि पार्टीको तर्फबाट शुभेच्छुक संस्थामा काम गर्ने साथीहरुको मूल्यांकन सहि रुपमा हुन नसकेको गुनासो आउने गरेको भन्दै पार्टी र शुभेच्छुक संस्थाका बिचमा सहकार्य र समन्वय जरुरी रहेको औल्याउनुभयो ।

पराजुलीले आंफु पनि नेपाल शिक्षक संघ र नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थामा लामो समय काम गरेको स्पष्ट पार्दै पार्टीलाई मानव शरिर मान्ने हो भने पार्टीका भातृ संस्थाहरु मानव शरिरको अंगको रुपमा र शुभेच्छुक संस्थाहरुलाई अक्सिजन अर्थात् प्राणको रुपमा लिन सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं संविधान सभा सदस्य शारदा पौडेल, नेविसंघ कास्कीका नव नियुक्त सभापति नसिव गुरुडं,नेपाल ईन्जिनियर एशोसियशनका गण्डकी प्रदेश अध्यक्ष विजेन्द्र केसी, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी, नेपाल गृह श्रमिक संघ कास्कीका नि. अघ्यक्ष लालीमाया रेग्मी, नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षत्री र नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका सदस्य वर्षा केशव पराजुली लगायतले बोल्नुभएको थियो ।

कांग्रेसका शुभेच्छुक संस्थाहरुमध्ये हालै अधिवेशन सकिएर नयाँ जिम्मेवारीमा पुगेकाहरुलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले माला, विशेष अतिथि कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले खादा र शुभेच्छुक संस्था समन्वय समितिका संयोजक गंगाधर पराजुलीले टिका लगाएर बधाई सहित कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारी सहित महासचिव प्रकाश ढकाल, सदस्यहरु गिता लामिछाने विष्ट,सुभाष पौडेल र रिमा शाही, नेपाल शिक्षक संघ मादी गाउंपालिकाका अध्यक्ष सुमना सुबेदी, नेपाल शिक्षक संघ माछापुच्छ्रे गाउंपालिकाका अध्यक्ष विदुर चन्द्र ढकाल, नेपाल शिक्षक संघ अन्नपूर्ण गाउं पालिकाका अध्यक्ष राजेन्द्र पौडेल र रुपा गाउं पालिकाका अध्यक्ष चन्द्रमणी पौडेल लगायत कार्यसमितिकाहरुलाई सम्मान गरिएको थियो ।

नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, सचिव सुमन शर्मा, निवर्तमान अध्यक्ष डार्विन लम्साल, सदस्य मुक्ति गिरी, प्रजातन्त्रबादी ईन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल सिडेन कास्की सभापति ई. सञ्जयराज तिमिल्सिना सहित उपसभापतिमा ई.सागर कार्की, सचिव ई विश्वास आचार्य, सहसचिवमा ई विश्वास भण्डारी र कोषाध्यक्षमा ई सन्दिप तिमिल्सिना, सदस्यहरु सुविज्ञमणि भण्डारी, संगम बन्जरा, सागर बराल, सन्देश बराल अमित पौडेल, योगेश ठकुरी, जीवन चालिसे, मनिष तिमिल्सिना र रश्मि अधिकारी , नेपाल गृह श्रमिक संघ कास्कीको अध्यक्ष चेतमाया पगेनी ( गिता ) सहित उपाध्यक्ष सपना गिरी, सचिव ज्ञानु राना, सहसचिवमा कौशल्या थापा र कोषाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरु मधु नेपाली, माया तिमिल्सिना, शर्मिला नेपाल, सन्तु पौडेल, गंगा कुँवर थापा, विध्या पराजुली, गुड्डु केसी, सृजना श्रेष्ठ, विष्णु भट्टराई र पारु गिरी, नेविसंघ कास्कीका नव नियुक्त सभापति नसिव गुरुडंलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀