काठमाडांै, १३ माघं । वसन्तपञ्चमीको अवसरमा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ ।
काठमाडौंको पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अन्तर्दृष्टि हातेमालो पुरस्कार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार गरी तीन विधामा पुरस्कार वितरण गरिएको हो ।
शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मञ्जु सुवेदीलाई अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीका सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदान आदिलाई आधार मानी छनोट गरेअनुसार वाग्मती प्रदेशस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी दुर्गादेवी वाइबालाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको हो ।
साथै पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाज निर्माणमा योगदान पु¥याउने पत्रकारमध्य अनिता भेटवालाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं