एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस

एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस

6

पोखरा, २८ पुस । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) ले विविध कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको छ ।

२५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा २०७८ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने हेम्जा वोर्डिङ स्कूलकी अनिशा दाहाल, बाल प्रतिभा वोर्डिङ स्कूलकी आशिका चपाइ र लेखनाथ मेमोरियल इंगलिस वोर्डिङ स्कूलका सुजल भण्डारीलाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

त्यसैगरी एलपी देवकोटा मेमोरियल स्कूल, सिद्धार्थ लवडेल बोर्डिङ स्कूल, अल्फा एकेडेमी, विरेन्द्र मेमोरियल बोर्डिङ स्कूललाई सम्मान गरिएको थियो ।

रिलायन्स पब्लिक स्कूल, लेकसिटि एकेडेमी र लेभिन रेसिडेन्टल स्कूललाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यसवर्ष मानव सेवा आश्रमलाई एक लाख ११ हजार १ सय ११ रुपैया सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष हेमन्त अधिकारीलेले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियन्ता सम्झना बर्तौलालाई हस्तान्तरण गर्नुभएको थियो ।

8त्यस्तै संस्थाले मृगौला पिडित सागर मेमोरियल स्कूलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार पाँच रुपैया सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्यले निजी विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताउनुभयो ।

‘निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्दछ’ उहाँले भन्नुभयो,‘ केहि समस्या भए समस्या वसेर समाधान गर्नु पर्दछ ।’

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायण प्रसाद सुवेदीले निजी विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकोले ती समस्या हल गर्न सधै तयार रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान अतुलनिय रहेका बताउनुभयो ।

राष्ट्रिय परीक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख लक्ष्मण देवकोटाले शिक्षालाई सिप र जिविकोपार्जन सँग जोड्न नसके सम्म विद्यार्थी विदेश पलायन हुने समस्या नरोकिने बताउनुभयो ।

कार्यक्रममा एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले गुणस्तर शिक्षा दिनका लागि एन प्याव्सन सधै लागि परेको बताउनुभयो ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, प्याव्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एन प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशबशरण पौडेल, सचिव मनकाजी गुरुङले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀