पोखरा, १० पुस। पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील ६५ वर्षीय वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ भएको छ।
नेपाली लोक सँस्कृति बचाऔं भन्ने मूल नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझ भएको हो ।
आठ वटा नृत्य प्रस्तुत गर्नुभएकी गौरी गुरुङलाई हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिनुभएको थियो। परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो।
एकल साझँकै क्रममा वरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट र लिटिल स्टेप माविले विगत दुई दशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएकोमा सम्मान गरेका थिए।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत, उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डवीन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं