राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं – बराल

राजनीतिलाई राम्रो र विश्वसनीय बनाऔं – बराल

30

पोखरा, ३० कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बराल राजनीतिलाई राम्रो र विश्वसनीय बनाउनुपर्ने बताउनु भएको छ ।

‘राजनीतिलाई राम्रो र विश्वसनीय बनाउन प्रतिवद्व छु, उहाँले भन्नुभयो – राम्रो र विश्वसनीय राजनीतिले देशलाई बचाउँछ, जनतालाई खुशी दिन्छ ।’ राजनीति हो, उम्मेद्बार हुँ भन्दैमा जे पनि बोलिदिने र भनिदिने पक्षमा आफू नरहेको उहाँको भनाइ छ ।

उहाँले विग्रन लागेको देशलाई जोगाउन पनि आफ्नो उम्मेद्बारी भएको उल्लेख छ । उम्मेद्बार बरालले देश बनाउने अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।

बुधबार पोखरा २६ का विभिन्न स्थानमा आयोजित कोणसभामा उहाँले देशको ध्यान तान्न सक्ने गरी संसदमा प्रस्तुत हुने भन्दै विजयी गराउन आग्रह गर्नुभयो ।

‘स्पष्ट योजना छ, स्पष्ट दृष्टिकोण छ, उहाँले भन्नुभयो– सबै मतदाताले गर्व गर्ने गरी काम गर्छु, ढुक्क हुनुहोस्।’

उहाँ पाँच सुत्रीय अभियानका साथ चुनावी मैदानमा हुनुहुन्छ । मेरो इरादा, संसद र सांसदको मर्यादा, राजनीतिमा शुद्वता, मेरो प्रतिवद्वता, समृद्विको निकास, गुणस्तरीय र योजनाबद्व विकासलाई आफ्नो सुत्र भन्नुभएको छ ।

त्यस्तै, देशको समृद्वि र शान्ति, बाटो हो कृषि पर्यटनमा क्रान्ति तथा टाउको(ज्ञान), हृदय(प्रेम र शान्ति) र हात (उद्यमशीलता र सीप) सहितको शिक्षा, विकास सुधार गर्ने मेरो महान सदीक्षालाई आफ्नो सुत्रका रुपमा अघि सार्दै निर्वाचनमा होमिनु भएको हो । ती सुत्रका आधारमा कास्की जिल्लालाई राजनीति, विकास र शिक्षाका दृष्टिकोणले चिनाउने संकल्प गर्नुभएको छ ।

कास्की काँग्रेसका सभापति समेत रहनु भएका उम्मेद्बार बरालले आफू काँग्रेस कार्यकर्ता भएपनि विकास, निर्माण र समृद्धिको विषयमा साझा हुने उल्लेख गर्नुभएको छ ।

कास्की क्षेत्र नं १(क) प्रदेश सभा सदस्य उम्मेद्बार विगतमा जस्तै यसपटक पनि जनताको साथ र समर्थन पाउँने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀