पोखरा, २१ कात्तिक । कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले सोमबार पोखरा १३ मा घरदैलो गर्नुभएको छ ।
पोखरा १३ उम्मेद्बार बरालको जन्मभूमि पनि हो । आफ्नै जन्मभूमीको उम्मेद्बार पाउँदा मतदाताले विभिन्न स्थानमा स्वागत तथा सम्मान गर्नुभएको थियो ।
‘हामी साथ दिन्छौ, शिक्षित हुनुहुन्छ, प्रभावशाली हुनुहुन्छ, राम्रा वीचार र दृष्टिकोणसहित आउनु भएको छ, मतदाता भन्नुभयो, तपाई योग्य उम्मेद्बारलाई जिताउने जिम्मा हाम्रो हो, ढुक्क हुनुहोस्।’
उम्मेद्बार बरालको प्रस्तुती र शैली मतदाताले निकै रुचाएको मतदाताको भनाइ छ । मतदाताले खुलेर साथ र समर्थन गरिरहदा उम्मेद्बार बराल उत्साहित देखिनुहुन्थ्यौ
घरदैलोसँगै विभिन्न स्थानमा कोणसभा पनि गरिएको थियो । चिसापानी, भद्रकाली, गौडाकोमुख, मियाँपाटन, वीपी मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाँझापाटन, काँहुखोला लगायतका स्थानमा आयोजित कोणसभामा उम्मेद्बार बरालले पाँच दलीय गठबन्धनको पक्षमा माहोल बनिरहेको बताउनुभयो ।
‘यत्र तत्र सर्वत्र गठबन्धनको पक्षमा महोल बनेको देखियो, उहाँले भन्नुभयो – अहिलेसम्म देखिएको माहोलले जित निश्चित जस्तै भएको छ।’
उहाँले आफू पूर्वाग्रह नभइकन जनताको सेवा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । विकास, समृद्वि र रुपान्तरणका लागि क्रियाशील बनिरहने उहाँको भनाइ छ ।
प्रदेश सभा सदस्य उम्मेद्बार दीपक गुरुङले जनताको सेवा गर्नु नै आफ्नो मुख्य लक्ष्य भएको बताउनुभयो । उम्मेद्बार बराल मङगलबार पोखरा ३१ मा घरदैलो गर्नुहुने छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं