खोटाङ, १३ कात्तिक (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ ।
विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो ।
रु तीन लाख ५० हजार मुलधन रहेको कोषमा यस वर्षको तिहारमा खेलिएको देउसी÷भैलो कार्यक्रमबाट रु एक लाख ११ हजार ३२५ रकम थप हुँदा मुलधन रु चार लाख ६१ हजार ३२५ पुगेको वडाध्यक्ष एवम् कोष सञ्चालक समितिका अध्यक्ष ध्रुबविक्रम राईले जानकारी दिनुभएको छ ।
“आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एवम् मुटु, मिर्गौला, क्यान्सर जस्ता दीर्घरोगबाट पीडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “देउसीको दानबाट शुरु गरिएको कोषलाई बृद्धि गर्दै आगामी दिनमा कम्तिमा रु ५० लाख मुलधन पु¥याएर सो को ब्याजबाट प्रकोप पीडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।”
हालसम्म प्राकृतिक प्रकोपमा परेका सोल्माका अशक्त व्यक्ति तथा परिवारलाई रु एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ ।
दुबै मिर्गौला फेल (काम नलाग्ने) भएका स्थानीय राजकुमार राईलाई रु दश हजार, आगलागी पीडित कर्मबहादुर राईलाई रु पाँच हजार र मिर्गौला रोगी ध्रुबबहिनी राईलाई रु तीन हजार प्रदान गर्दै चार वर्षअघि विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो ।
यस वर्षको तिहारमा एक दिन खेलिएको देउसी÷भैलो कार्यक्रमबाट कोषको मुलधन रु साढे चार लाख नाघेको जनाइएको छ । आगामी वर्षको तिहारमा कम्तिमा पनि दुई दिन देउसी÷भैलो कार्यक्रम आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष राईले बताउनुभयो ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं