पूरा हुँदै पोखरेलीको पानी पिउने सपना

पूरा हुँदै पोखरेलीको पानी पिउने सपना

Pokhara

हरिप्रसाद बाँस्तोला

गण्डकी, २९ भदौ (रासस) :पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् ।

बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पmत पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित सो आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो ।

हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो । मर्दीखोलाको धमिलो पानी प्रयोग गर्दै आएका पोखरेलीका लागि मुहानदेखि नै शुद्धीकरण गरेर धाराबाट सिधै पिउन सकिने पानी पु¥याउने आयोजनाको लक्ष्य छ ।

पानी शुद्धीकरणका लागि पाइपलाइन विस्तारसँगै मर्दी मुहानमा ग्रिड च्याम्बर, सेडिभेन्टेशन ट्याङ्की र स्लोस्यान्ड फिल्टर निर्माण गरिएको छ । सोको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले जानकारी दिनुभयो ।

“राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डअनुसार प्रशोधन गरिने आयोजनाअन्तर्गत पानीको मुहान मर्दीखोलाबाट ल्याइएको पानी पुरन्चौरमा निर्माण गरिएको ट्रिटमेण्ट प्लान्टमा शुद्धीकरण गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त ट्रिटमेन्ट प्लान्टबाट प्रशोधित पानी पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिएको छ ।

इन्जिनियर दासका अनुसार मुहान निकटमा ग्रिट च्याम्बर र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको सेडिमेन्टेशन ट्याङ्कीमा जडान गरिने पानीलाई नदीजन्य वस्तु (बालुवा, ढुङ्गा, लेदो, काठका टुक्रा, झारपात) लगायतका फोहर हटाएर शुद्धीकरण गरिएको पानी पुरुन्चौरमा निर्माण गरिएको फिल्टरमा लगिने छ ।

मुहानको पानी सिधै धारामा आउँदा उपभोक्ताको स्वास्थ्यमा समेत असर गर्ने र नदीजन्य वस्तु पाइपमा भरिनुका साथै फ्रेवलमा बुझिन जाँदा सडक खन्ने र खानेपानी संस्थानको गाडीमार्फत पाइप सफा गर्ने झन्झटबाट उपभोक्ताले मुक्ति पाउने छन् ।

उक्त स्थानमा थप पानी छान्ने फिल्टर, दुईवटा सफा पानी सङ्कलन ट्याङ्की र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ । पानीको मुहान मर्दीबाँधदेखि विन्दवासिनी सङ्कलन ट्याङ्कीसम्म साढे एघार किमीको दूरीमा छ ।

जुन मदी मुहानबाट २० इञ्चीको पाइप ल्याइएको छ भने अर्को १६ इञ्चीको पाइप साढे पाँच किलोमिटरको दूरीमा अमला बिसौनीको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।

शुद्धीकरण गरिएको पानी जम्मा गर्न पोखरा–११ फूलबारी, वडा नं ५ पस्र्याङ र वडा नं १५ कोलपाटनमा २०÷२० लाख लिटर क्षमताका तीन वटा रिजर्भवायर ट्याङ््की निर्माण गरिएको छ ।

फूलबारी र पस्र्याङको रिजर्भवायर ट्याङ्की निर्माण सम्पन्न भइसकेका छन् भने प्राविधिक कारणले कोलपाटनको ट्याङ्की रोकिएको इन्जिनियर दासको भनाइ छ । हालसम्म आयोजनाको ८८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

वर्षाका कारण केही समय निर्माण कार्य रोकिए पनि हाल निर्माणले गति लिएको छ । सन् २०२२ डिसेम्बरसम्ममा आयोजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।

आयोजनाको सम्झौताअनुसार बजार क्षेत्रको सय किलोमिटर पाइप लाइन विस्तार कार्यमध्ये ८५ किमीभन्दा बढी विस्तार भइरहेको छ भने बाँकी १५ किमी सडक कार्यालय र महानगरअन्तर्गतको सडक खन्ने अनुमतिको पर्खाइमा रहेको उहाँको भनाइ छ ।

प्राविधिक समस्याले रोकिएका बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “शुद्ध पानी उपभोक्ताका घरघरमा पुग्नेछ, पाइप विस्तारका लागि सडक खन्ने समस्या देखिएका स्थानमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अनुमति प्राप्त भएसँगै आयोजना सम्पन हुनेछ ।”

मर्दीखोला मुहानबाट २० र १६ इञ्चका छुट्टाछुट्टै दुईवटा पाइपमार्फत पोखरा बजारमा पानी ल्याएर वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताका घरमा मर्दीको पानी वितरण हुनेछ । आयोजनाबाट पोखराका चार लाखभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास लिइएको छ । पोखरामा दैनिक सात करोड लिटर पानीको माग छ ।

हाल पाँच करोड लिटर मात्र आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान पोखरा शाखाका सूचना अधिकारी दिनेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थानले विभिन्न आठ स्थानमा बोरिङमार्पmत उत्पादन गरिएको पानी वितरणबाट पोखरेली उपभोक्तालाई थप सुविधा पुगेको छ ।

पोखरामा हालसम्म ४७ हजार संस्थानका ग्राहक छन् । उहाँले भन्नुभयो, “वार्षिक दुई हजारभन्दा बढी नयाँ धारा जडानको माग छ । खानेपानी आयोजनामा सङ्घ र प्रदेश सरकारको समन्वय हुने हो भने कम खर्चबाट अधिकतम उपभोक्तालाई पानीको सुविधा पु¥याउन सहयोग पुग्छ ।”

आलोपालो वितरण प्रणाली र उचित मर्मतसम्भार हुनसक्दा ३० प्रतिशत चुहावट हुने गरेको संस्थानको तथ्याङ्क छ । पोखराको जनसङ्ख्या वृद्धिदर अत्यधिक छ । यहाँ आवश्यक खानेपानीका लागि वैकल्पिक स्रोतको उपयोग गर्न जरुरी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
29 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Nov 2025 00:45 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.14
Indian Rupee 
Indian Rupee
89.42
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.27
US Dollar 
US Dollar
1
29 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Nov 2025 00:45 UTC
Latest change: 28 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀