गोदावरी, १२ भदौ (रासस) :कैलालीको गोदावरी नगरपालिका–३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ ।
नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो । दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन् ।
खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् । बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताउनुभयो ।
यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकामा अहिले सो बाध्यता हटेको उहाँले बताउनुभयो । “बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो”, उहाँले भन्नुभयो, “बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।”
यसअघि पटक–पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उहाँको भनाइ छ ।
नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताउनुभयो । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उहाँले बताउनुभयो ।
सो टोलले बिजुली बत्ती पाए पनि बाटोघाटो र खानेपानीको समस्या भने यथावत छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं