पोखरा, १ साउन । राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको ११ औं साधारणसभा तथा ५ औं अधिवेशनले शोभा आचार्यको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षममा धना पौडेल र सहसचिवमा कृष्णाकुमारी सुवेदी रहनु भएको छ।
समितिको सदस्यहरुमा विष्णुमाया पौडेल, गीता भण्डारी, सावित्री पराजुली, लेखमाया थापा, डिलकुमारी अधिकारी, लतादेवी पौडेल, सावित्री थापा, अम्बिका थापा, अनिता भट्टराई, माया लामिछाने, कुमारी गुरुङ र शान्ति नेपाली रहनु भएको छ ।
साधारणसभाले अध्यक्ष कल्पना ढकाल, सचिव विष्णुमाया पौडेल, कोषाध्यक्ष शोभा आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ ।
त्यस अवसरमा महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख समीक्षा खत्री, सिद्वार्थ क्लब अध्यक्ष तीर्थ श्रेष्ठ, सिडब्लुइएस अध्यक्ष युमाया पुन, जनसरोकार मञ्च कास्कीका संयोजक नवीन सिग्देल, भूमि अधिकार मञ्चकी लेखमाया थापाले बोल्नु भएको थियो । कार्यक्रममा २५ जनालाई सम्मान गरिएको थियो ।
राष्ट्रिय महिला अधिकार मञ्च कास्की अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादेवी बस्नेतले स्वागत र सचिव विष्णुमाया पौडेलले संचालन गर्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं