कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गर्नुभएको हो । सो प्रस्तावउपर सामान्य सुझाव आएको र छलफलपश्चात् पारित हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा हुनुका साथै सो सम्बन्धमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ ।
यसैगरी निवेदन प्राप्त थप भ्रातृ र शुभेच्छुक संस्थालाई मान्यता दिने सम्बन्धमा बैठकमा छलफल भएको सहमहामन्त्री पाण्डेले बताउनुभयो ।
यही असार २७ गतेदेखि सुरु भएको बैठकमा आज नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुङ्गाना, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढा, डा गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरीले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
यसैगरी बैठकमा केन्द्रीय सदस्य चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जितजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती बजिमय, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, कुन्दनराज काफ्ले, प्रा डा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
केन्द्रीय कार्यसमितिको बैठक असार २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी कार्यालय मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं