पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको बैठकले आदिवासी जनजाति महासङ्घ, थारू सङ्घलाई भ्रातृ संस्थाको मान्यता दिँदै विधानलाई अन्तिम रुप दिई स्वीकृत गरेको हो ।
यसैगरी शुभेच्छुक संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय सङ्घलाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिने बैठकले निर्णय गरेको पार्टीका मुख्यसचिव एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
कार्य व्यस्तताले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा उपस्थित हुन नसक्नुभएकाले बैठकपछि निर्णयका विषयमा जानकारी गराइसकिएको पनि उहाँले सुनाउनुभयो ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जनाइएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं