संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

congress
गोदावरी, २५ असार (रासस) : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ ।

आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।

बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरतबहादुर खड्काले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले ल्याएको बजेट जनताको हितमा नभएकाले परिमार्जन गर्नुपर्ने संसदीय दलले निर्णय गरेको जानकारी दिनुभयो ।

कांग्रेसले बैठकले बजेट संशोधन गर्नुपर्ने मागसहितको निर्णयका आधारमा प्रदेश सरकारको ध्यानाकर्षण गराइने जनाएको छ । संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्रीसमेत रहनुभएका कांग्रेस सचेतक गोविन्द बोहरा, राज्यमन्त्री टेकबहादुर रैका, प्रदेशसभा सदस्य डिल्लीराज पन्त, श्यामलाल राना थारूसहितका सात जना सहभागी हुनुहुन्थ्यो ।

प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले गत असार १ मा प्रदेशसभा बैठकमा प्रस्तुत गरेको रु ३६ अर्ब ७६ करोडको बजेटमाथि सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टिका कारण अहिलेसम्म बजेटमाथि छलफल हुनसकेको छैन ।

माओवादी केन्द्रले आफ्ना सांसद्लाई बजेटको विरोध नगर्न र पक्षमा उभिन निर्देशन दिए पनि विरोध कायमै छ भने बजेटबारे एकीकृत समाजवादी पार्टीले कुनै निर्णय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बिचौलियाको प्रयोग गरेर ल्याइएको बजेट खारेज गर्नुपर्ने माग गरेको छ । असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि २५ असारसम्म प्रदेशसभामा बजेटमाथि छलफल हुन नसक्दा अनिश्चित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀