काठमाडौँ, १ असार (रासस):नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा जुट्न जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले मङ्गलबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय देशभर मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोप निम्तिन थालेको भन्दै प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा जुट्न जिल्ला समितिलाई परिपत्र जारी गर्नुभएको हो ।
प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सबै क्षेत्र, पालिका र वडा तहमा विपद् व्यवस्थापन तरुण परिचालन समिति गठन गर्न परिपत्र गरिएको हो ।
यस्तै सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाको तत्काल उद्धार र व्यवस्थापनमा लाग्नसमेत तरुण दलले निर्देशन दिएको छ ।
प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार व्यवस्थापन र राहत सङ्कलन तथा वितरण गर्दा तरुण दलको साङ्गठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई आग्रह गरिएको छ ।
तरुण दलले आफ्ना जिल्लामा गरिएका विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यको नियमित जानकारी केन्द्रीय कार्यालयमा गराउनसमेत निर्देशन दिएको छ ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं