गलकोट, १९ जेठ (रासस) :बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ ।
कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ ।
जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा बली चढाउनेको सङ्ख्या अत्यधिक छ ।
मनोकांक्षा पूरा भएपछि बोकाको बलि दिन कालभैरव पुग्नुभएका बागलुङ नगरपालिका–८ सिगानाका कर्ण कार्की यहाँ पुग्न पहिलाको जस्तो कठिनाइ भोग्नु नपरेको बताउनुहुन्छ ।
मुलुकका विभिन्न जिल्लाबाट तथा छिमेकी भारतबाट समेत उल्लेख्य सङ्ख्यामा यहाँ धार्मिक पर्यटक आउने गरेका छन् । केही समय अगाडिसम्म बागलुङमा आन्तरिक पर्यटकमात्रै पर्यटकीयस्थलमा पुग्थे ।
पछिल्लो समय यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक मात्रै नभएर भारतीय पर्यटकसमेत आउन थालेका छन् । खासगरी कालभैरव, सिर्वसिद्धिधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, बागलुङ कालिका र लामो झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ ।
मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत शालग्राम दर्शनका लागि बागलुङ नगरपालिका–४ कुडुँले आउने गरेका छन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गरिएको ५६७ मिटर लामो पुलका कारण पनि मुक्तिनाथ जाने पर्यटक बागलुङ पस्न थालेको पाइएको छ ।
विगत वर्षको तुलनामा यस वर्ष बाह्य पर्यटक बागलुङ आउन थालेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “आन्तरिक पर्यटकको आकर्षण बढेको पाइयो”, उहाँले भन्नुभयो, “अहिले त मुक्तिनाथ जाने भारतीय पर्यटक पनि आउन थाल्नु भएको छ ।”
शालग्रामको संरक्षण गर्ने र बागलुङलाई धार्मिक पर्यटकको हब बनाउने उद्देश्यले १०० मिटर सुरुङ निर्माण गरी सवा लाख शालग्राम संरक्षित गरिएको छ । सुरुङमा शालग्रामसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका वृत्तचित्र राखिएका छन् ।
यहाँ दामोदर कुण्डदेखि देवघाटसम्मको नक्सा कलात्मकशैलीले निर्माण गरिएको छ । शालग्राम सङ्ग्रहालयसँगै सोही स्थानमा मन्दिरसमेत निर्माण गरिएको छ ।
बागलुङसम्म आउने सडकको सहज पहुँच र यहाँ बनेको पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको प्रपन्नाचार्य बताउनुहुन्छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं