काठमाडौँ, ८ जेठ (रासस) :नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ ।
नेविसङ्घले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘बन्दी’लाई भेटेर बलात्कार घटनामा हदम्यादको व्यवस्था संशोधन गर्न माग गरेको हो ।
नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले एक वर्षे हदम्यादका कारण बलात्कारबाट पीडित महिलाले न्याय पाउने अवस्थाबाट बञ्चित हुन परेको भन्दै अहिलेको व्यवस्था न्यायपूर्ण नभएकाले संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।
“बलात्कार जस्ता जघन्य अपराधका घटनामा दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन हुँदैन, दोषीमाथि कडा कारवाही र विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
नेविसङ्घले हिंसा र जघज्य अपराधका मुद्दामा अदालतमा पनि चाँडो मुद्दा फैसला हुने व्यवस्था मिलाउनसमेत माग गरेको छ ।
भेटमा मन्त्री शर्माले कुनै पनि घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने दायित्व राज्यको भएकाले राज्य यस्ता विषयमा संवेदनशील रहेको बताउनुभयो । यस्ता घटनाबारे आवश्यक कानून संशोधन प्रक्रिया अगाडि बढाउन सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं