स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात

Tyre Import

नवीन पौडेल

‘ड्राइभर दाइलाई मन पर्ने टायर,

गोरखकाली रबर उद्योग भएर’

काठमाडौँ, १४ वैशाख (रासस) :कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ ।

त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक मात्र रबर उद्योग गोरखकाली रबर उद्योगले नेपाली बजारमा राम्रै हिस्सा ओगटेको थियो । त्यतिमात्र नभएर यसको उपस्थिति विदेशी बजारसम्म नै पुगेको थियो । अहिले भने समय बदलिएको छ । उद्योगका रूपमा राम्रो परिचय बनाएको मात्र नभई आत्मनिर्भर हुँदै निर्यातमा समेत गतिलो प्रभाव पारेको गोरखकाली रबर उद्योग यतिखेर मृतप्रायः छ ।

फलस्वरूप मुलुकमा टायर र रबरजन्य वस्तुको आयातमा अर्बौँ रकम विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार मुलुकमा चालु आर्थिक वर्षको पहिलो नौ महिनामा रु नौ अर्ब नौ करोडभन्दा बढी मूल्यमा टायर तथा ट्युब भित्रिएको देखिन्छ ।

वर्षमा करिब एक लाख २० हजार थान उत्पादन क्षमता भएको स्वदेशी रबर उद्योगले सो समयमा बर्सेनि ८८ हजार थान टायर तथा ट्युब उत्पादन गथ्र्याे र यहाँको बजारसहित तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको थियो ।

विभागको पछिल्लो विवरणानुसार भने चालु आवको गत चैत मसान्तसम्म करिब ६४ लाख २० हजार टायर तथा ट्युब मुलुकमा आयात भएको देखिन्छ । विसं २०४१ मा शिलान्यास भएर २०५१ देखि उत्पादन सुरु गरेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो ।

उद्योग स्थापना गर्दा ३८ प्रतिशत शेयर नेपाल सरकारको, २१ प्रतिशत शेयर स्थानीयवासीको र बाँकी अन्य बैंक तथा वित्तीय संस्थालगायतको स्वामित्व रहेको उद्योग हाल बेसहाराजस्तै छ । मुलुकको एकमात्र रबर उद्योग बन्द अवस्थामा छ भने भारतलगायत मुलुकबाट टायरका साथै अन्य रबरजन्य वस्तु आयात गरेर आवश्यकता पूरा गर्न नेपाली बाध्य छन् ।

गोरखाको प्रसिद्ध गोरखकाली मन्दिरका नामबाट नामकरण गरिएको सो उद्योग गोरखा नगरपालिका मजुवा देउरालीमा छ । करिब ६६२ रोपनीमा फैलिएको उद्योग स्थापनाको १४ वर्षसम्म राम्रै अवस्थामा सञ्चालनमा रहे पनि त्यसको केही समयपछि बन्द हुँदै, खुल्दै गर्न थाल्यो र पछिल्लो समय पूर्णरूपमा बन्द छ ।

उद्योगले सो समयमा ट्रक, जीप तथा भ्यान, कारलगायतमा प्रयोग हुने विभिन्न प्रकारका टायर उत्पादन गर्ने गरेको थियो । स्वदेशी उद्योगले उत्पादनमा देखाएको क्षमता र गरेको उत्पादनले मुलुक रबरमा आत्मनिर्भरको बाटोमा मात्र रहेन भारत, श्रीलङ्का तथा बङ्गलादेशमा समेत गोरखकाली छापअङ्कित टायर तथा ट्युब निर्यात हुने गरेको थियो तर उद्योग स्थापनाको ३० वर्ष नपुग्दै निर्यात त के उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा आइपुग्यो ।

विभागको तथ्याङ्कानुसार नौ महिनामा सबैभन्दा बढी टायर र ट्युब भारतबाट आयात भएको देखिन्छ । विवरणानुसार चालु आवको चैत मसान्तसम्म भारतबाट मात्र ४४ लाख ४१ हजारभन्दा धेरै थान तथा १७ लाख ४८ हजार रबरजन्य वस्तु आयात भएको देखिन्छ । यसको आयात मूल्य रु आठ अर्ब २३ करोड ८९ लाखभन्दा धेरै छ ।

आयातबाट सरकारले रु दुई अर्ब ८० करोड ६३ लाखभन्दा बढी राजस्व उठाएको देखिन्छ । त्यस्तै चीनबाट रु ३३ करोड ९५ लाखभन्दा धेरैको रबरजन्य वस्तु आयात भएको छ । थाइल्याण्डबाट ३७ हजार ८६३ थान टायर तथा ट्युब रु २० करोड ५८ लाख २६ हजार आयात मूल्यमा भित्रिएको विवरण छ ।

विभागले सार्वजनिक गरेको विवरणानुसार नेपालमा भारत, चीन, थाइल्याण्ड, ताइवान, इण्डोनेशिया, जापान, अमेरिकालगायत मुलुकबाट रबरका टायर, ट्युब तथा रबरका अन्य वस्तु आयात हुने गरेको देखिन्छ ।

राष्ट्रिय अर्थतन्त्रको विकासका लागि मुलुकको उद्योग क्षेत्रका साथै स्रोतको संरक्षण र प्रवद्र्धन गरी नेपाली श्रम, सीपलाई प्राथमिकतामा राख्नु जरुरी देखिन्छ ।

यसै विषयमा आव २०७७÷७८ को नीति तथा कार्यक्रममा सरकारी स्वामित्वमा रहेका बन्द तथा रुग्ण उद्योग एवं संस्थानलाई निजी क्षेत्रको समेत सहभागितामा उपयुक्त व्यवस्थापन, विधि र प्रक्रियाबाट अधिकतम क्षमतामा पुनःसञ्चालन गरिने उल्लेख गरिएको थियो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा वैदेशिक पूँजी तथा प्रविधिको लगानी बढाउँदै पूर्वाधार विकासमा प्रोत्साहन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।

यी अध्ययनहरूका अनुसार चुलिँदो आयात र घट्दो विदेशी मूद्रा सञ्चितिले अर्थतन्त्रमा पार्ने असर कम गर्न मुलुकका उद्योगको सुदृढीकरण तथा प्रभावकारी सञ्चालनमा ध्यान दिनुपर्नेछ ।

त्यसैगरी रुग्ण उद्योगअन्तर्गत परेका उद्योगलाई आवश्यक सहयोग, सुविधासहित पुनरुत्थान गरी सञ्चालन गर्न प्रोत्साहन गर्नुपर्ने तथ्य रुग्ण उद्योगको व्यवस्थापनका लागि सुझाव दिन विसं २०७७ साउनमा गठित समितिसमेत छ ।

यिनै तथ्य र राज्यको आवश्यकताका आधारमा गोरखकाली रबर उद्योगलाई पनि पुनरुत्थान गरी बर्सेनि बाहिरिने अर्बौँ रुपैयाँ स्वदेशमै रोक्नुपर्ने सबैको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀