पोखरा, २७ चैत । जलीय जिवको संरक्षण गरी न्यायोचित उपभोग गर्दै भावि सन्ततीको लागि जगेणा गरौं भन्ने मूल नाराका साथ कास्कीका विभिन्न तालहरुमा माछाका भुरा छाडिएको छ ।
जलीय जैविक विविधता संरक्षण गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले कास्कीका तालतलाउँमा दश हजार माछाका भुरा छाडेको केन्द्र प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।
जलवायु परिवर्तन, तालमा आश्रित जनसमुदायको बढ्दो संख्याले तालमा भएका स्थानीय जातका माछा लोप हुँदै गएकाले माछा उत्पादन बढाउन भुरा छाडिएको हो ।
कास्कीको रुपातालमा पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. मन बहादुर पुन र मस्त्य विकास केन्द्र मिर्मीका प्रमुख रविन्सन अधिकारीले स्थानीय तथा अन्य जातका माछाका भुरा छाडेर कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं