पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल

पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल

pokhara

पोखरा, १० फागुन (रासस) ःपोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ ।

महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य निर्धारण गरिएकाले सो लक्ष्य पूरा गर्न महानगरभित्र मुख्य कार्वन उत्सर्जन गर्ने क्षेत्रहरु पत्ता लगाई सोको निराकरणका लागि आवश्यक रणनीति अपनाउने उद्देश्यले सरोकारवालाबीच कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रममा प्रा डा ओम शर्माले पोखरालाई कार्बन न्युट्रल बनाउन आवश्यक रहेको विषयसँगै महानगरको स्थिति पत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो ।

परियोजनाका प्राविधिक निर्देशक डा जिम आर्थरले महानगरले दीर्घकालीन सोच बनाउँदा कार्बन न्युट्रल बनाउने विषयमा गरेको प्रतिवद्धता स्मरण गर्दै उक्त कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय सहरका रुपमा थप परिचित बनाउन महानगरको अग्रसरतालाई प्रशंसनीय रहेको धारणा राख्नुभयो ।

सुदृढ परियोजनाका नीतिगत सल्लाहकार तथा पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिबद्धताअनुसार कार्बन तटस्थताको दिशामा अघि बढ्न जरुरी भएको र सो कार्यमा पोखरा महानगर अग्रस्थानमा रहेको बताउनुभयो । ने

पालका लागि बेलायती राजदूत निकोला पोलिटले कार्बन उत्सर्जन अहिलेको अति आवश्यक विषय भएकाले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले वातावरण मैत्री हरित दिगो र समावेशी विकासका क्षेत्रमा महानगरले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै दूतावासका तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालस्थित बेलायती दूतावासका वरिष्ठ सल्लाहकार डा सविता थापाले अबको युग कार्वन तटस्थाको बनाउन अपरिहार्य भएकाले पालिकाहरुले कार्बन तटस्थ योजना बनाएर विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगर दीर्घकालीन सोचअनुरुप कार्वन तटस्थाको विकासको मोडलमा अगाडि बढेर मार्गचित्र तय भएको र त्यसको कार्यन्वयनमा लैजाने सबैको दायित्व रहेको बताउनुभयो ।

महानगरको सहरी योजनाका उपाध्यक्ष रामचन्द्र लामिछानेले पोखरा पर्यावरणीय संवेदनशील सहर भएकाले यहाँका विकास योजनाहरुलाई कार्बन तटस्थ बनाएर तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले यस्ता कार्यक्रमले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्ने बताउँदै प्रदेश मन्त्रालयले पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सुदृढ परियोजना पोखराका संयोजक होमनाथ गैरेले महानगरको स्थिति पत्र तयारका क्रममा सङ्कलित सूचना तथा तथ्याङ्कको प्रारम्भिक नतिजा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विषयमाथि सरोकालाहरुले विषयगत रुपमा छलफल गरेर न्यून कार्बन उत्सर्जनका लागि गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत सुधारका विषयमा सुझाव प्रस्तुत गर्दै महानगर, प्रदेश तथा सङ्घीय सरकारले अवलम्बन गर्नुपर्ने तत्कालीन र दीर्घकालीन नीतिबारे स्पष्ट गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀