पोखरेली पर्यटन व्यवसायी दुर्लुङमा

पोखरेली पर्यटन व्यवसायी दुर्लुङमा

durlung

पोखरा, ९ फागुनः पर्वतको कुष्मा नगरपालिका वडा नं ३ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र वाग्लुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवम् तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि ओझेलमा परेको दुर्लुङका पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले इतिहासको साक्षी दुर्लुङको ऐतिहासिक एवम् धार्मिक महत्वलाई पर्यटन बजारमा पु¥याउनुपर्ने बताउनुभयो ।

प्राकृतिक दृश्यावलेकनका लागि पनि यहाँको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उहाँले आसपासका गाउँका उत्पादनलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने बताउनुभयो ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनको विकासका माध्यमबाट अघि बढाउन सकिने बताउँदै गण्डकी प्रदेशमा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि गन्तव्य पहिचान कार्यक्रम मार्फत आँफूहरूआएको उल्लेख गर्दै उहाँले सबैको साथ र सहयोगमा यस्ता गन्तव्यको प्रवद्र्धन र विकास गर्न सकिने बताउनुभयो ।

दुर्लुङकोट भूमे मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले वाइसे चौवीसे राजाका पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको र मनले चिताएको पुग्ने धार्मिक स्थलका रुपमा रहे पनि पर्यटकीय रुपमा अझै ओझेलमा परेको बताउनुभयो ।

कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तहका तर्फबाट यस स्थलको विकासका लागि निरन्तर साथ र सहयोग गर्दै आइएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले सम्भावना बोकेका गन्तव्यको प्रवद्र्धनका लागि पर्यटन सम्बद्ध संघ संस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढीरहेको बताउनुभयो ।

बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्लुङकोटका पर्यटकीय सम्भावनालाई पर्यटन बजारसँग जोड्नुपर्ने बताउँदै यसका लागि स्थानीय जागरुकता आवश्यक हुने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई पुर्नरुत्थान गर्नु जरुरी रहेको बताउँदै परिषद्ले पर्यटनसम्बद्ध सबै संस्थालाई साथमा लिएर हिड्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मनकुमारी गिरी, सचिव वालकृष्ण शर्मा, कुष्मा नगरपालिका वडा नं ३ का का.वा.वडा अध्यक्ष यमनाथ शर्मा, स्थानीय समाजसेवी खेमबहादुर गुरुङ, नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरी, कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका उपाध्यक्ष किशोर दहाल लगायतले दुर्लुङकोटको धार्मिक एवम् सांस्कृति महत्व बारे प्रकाश पार्नुभयो ।
कार्यक्रम संयोजक किशोर दाहालका अनुसार कार्यक्रमका क्रममा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहितको टोलीले आइबार कुष्मा स्थित शताव्दी घरको पनि अवलोकन गरेको छ ।

टोलीले आज बागलुङ कालिका भगवतीको दर्शनसँगै कुश्मा आसपासका पर्यटकीय स्थलको प्रवद्र्धनात्मक भ्रमण एवम् स्थानीय पर्यटन व्यवसायीलाई डिजिटल मार्केटिङ तालिम दिएर फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀