पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित

पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित

Asina 1

पोखराको चिप्लेढुङ्गा महेन्› पुल क्षेत्रमा आइतबार परेको असिना पानीले यति बेला सडक अवरुद्ध भएको छ । तस्वीर ः राधिका कँडेल, रासस

कास्की, ८ फागुन (रासस) :पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो ।

दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् । सडकमा बाक्लो असिना जमेको छ ।

पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो ।

असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए । असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ ।

महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् । आलु खन्ने समयमा असिना र पानी पर्दा आलु कुहिने सम्भावना बढी हुने भएकाले कृषक मर्कामा पर्ने उहाँले बताउनुभयो ।

महाशाखा प्रमुख मनहर कडरियाले भन्नुभयो, “विगतका वर्षहरुमा फागुन अन्तिम र चैतमा असिना पर्ने गरे पनि यसवर्ष अनुमानभन्दा पहिल्यै परेपछि तरकारी बालीमा बढी क्षति गरेको छ । कृषकहरुले क्षतिका प्रारम्भिक रिपोर्टहरु दिनुभएको छ । बजार क्षेत्रमा यति बाक्लो असिना परेको मेरो जानकारीमा रहेसम्म अहिलेनै हो ।”

पोखरामा अघिल्ला वर्षहरुमा पनि ग्रामीण क्षेत्रमा बाक्लो असिना पर्ने गरेको थियो । बजार क्षेत्रमा भने वर्षौपछि बाक्लो असिना परेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
11 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
11 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Aug 2025 00:35 UTC
Latest change: 10 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀