सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल

सिर्जनाचोकमा पोखराको पहिलो आकाशे पुल

KD-Kaski-Udghatan

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी पोखराको सिर्जनाचोकमा महानगरले निर्माण गरेको पोखराको पहिलो आकाशे पुल उद्घाटन गर्दै । तस्वीर ः कृष्ण दवाडी, रासस

गण्डकी, २ फागुन (रासस) ःपर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ ।

बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो ।

पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो ।

एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस ‘पेडेस्ट्रेन ओभरहेड’ प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ ।

पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ ।

महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो । सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो ।

नवनिर्मित उक्त आकाशे पुलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज उद्घाटन गर्दै पुलको उपयोगसँगै संरक्षणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुख्य बजारका अन्य चोकमा पनि क्रमिक रुपमा आकाशे पुल निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङले पाँच वर्षको अवधिमा सीमित स्रोतसाधनका बाबजुद पनि महानगरले जनताका आधारभूत आवश्यकता पूरा गर्दै दीर्घकालीन योजना प्राथमिकताका साथ अघि बढेको बताउनुभयो ।

उक्त आकाशे पुल निर्माणसँगै ट्राफिक बत्तीकोसमेत व्यवस्था गरिनुपर्ने आवश्यकता औल्याउँदै पोखराका मुख्य बजार पृथ्वीचोक, महेन्द्रपुल, विरौटाचोक, राष्ट्रबैंकचोक, अमरसिंहचोक, सभागृहचोक लगायतका विभिन्न स्थानमा तत्काल आकाशे पुल निर्माण गर्नसके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने सर्वसाधारणको सामूहिक धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀