काभ्रेपलाञ्चोक, ७ माघ (रासस) । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ ।
आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।
सङ्क्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, सङ्घसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जनाइएको छ ।
जनप्रतिनिधि तथा कर्मचारी सङ्क्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् ।
नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले आजदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जनाएको छ ।
नगरका उपसचिव जनार्दन रिजालले कोरोना सङ्क्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गर्नुभएको छ ।
यस्तै रोशी गाउँपालिकाले आप्mना कर्मचारी कोरोना सङ्क्रमित भएपछि बिहीबरदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जनाइएको छ ।
चौँरीदेउराली गाउँपालिकाले बुधबारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना सङ्क्रमित रहेका छन् ।
रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ सङ्क्रमित छन् । यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना सङ्क्रमण देखिएको छ ।
अघिल्लो दिन १७३ मा सङ्क्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ सङ्क्रमण देखिएकामा १९४ को मृत्यु भएको छ ।
हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक सङ्क्रमितको मृत्यु भएको हो । हालसम्मका कूल सङ्क्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ सङ्क्रमणमुक्त भएका हुन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं