पोखरा, १८ पुस । नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ ।
पोखरामा सम्पन्न एक भेलाले शुुशील पौडेलको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी, महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्षमा शर्मिला सुनार रहनुभएको छ ।
सदस्यहरुमा सृजना गौतम, सविता शेरचन, विन्दुचन्द्र बराल, दुर्गा बहादुर बजगाई, दिक्षा भण्डारी, पार्वती तामाङ्ग, यज्ञ कुमारी पौडेल, आइ बहादुर वि.क, रामचन्द्र खड्का, विक्रम श्रेष्ठ, बावुराम क्षेत्री, भुमिराज सुवेदी, हुमादत्त रेग्मी, त्रिकासी गुरुङ, सृजना श्रेष्ठ र सरोग गिरी रहनुभएको छ ।
सल्लाहकारमा अधिवक्ता वेदनाथ भण्डारी, पूर्व प्रशासक रामचन्द्र पौडेल र अधिवक्ता जनकल्याण पराजुली रहनुभएको छ ।
यसअघि भेला उद्घाटन गर्दै नेपाली उपभोक्ता संरक्षण महासंघका केन्द्रीय अध्यक्ष चन्द्र साउदले उपभोक्ताको हक हितका लागि संस्थाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै केन्द्रीय उपाध्यक्ष जिवन बानियाँले अन्य उपभोक्ता अधिकारकर्मी र नेपाली उपभोक्ता संरक्षण महासंघका अधिकारकर्मीबीच निकै भिन्नता हुन जरुरी रहेको बताउनुभयो ।
केन्द्रीय सचिव रोहित बहादुर क्षेत्रीले अहिले महासंघले आमनागरिकको सरोकारको विषयमा उठाउनुपर्ने आवाजलाई बुलन्द बनाउन देशको संघीय शासन अनुसार स्थानीय तह, प्रदेश र संघमा समिति गठन गरेको जानकारी दिनुभयो ।
भर्खरै
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं