चितवन, ४ पुस (रासस) । डिभिजन वन कार्यालय चितवनले अवैध रूपमा चोरी तस्करी गरेको एक हजार ३५५ क्युफिट काठसहित तीन जनालाई पक्राउ गरेको छ ।
पूर्वी चितवनको कालिका नगरपालिकामा रहेका तीन फर्निचर उद्योग र एउटा घरबाट सो परिणाममा काठ बरामत गरिएको हो ।
कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार कालिका नगरपालिका–८ मा रहेको देवी फर्निचर उद्योगबाट ४८७ क्युफिट, सरिता फर्निचर उद्योगबाट ३९२ क्युफिट, कालिका नगरपालिका–१ मा रहेको रुपेन्द्र काष्ठ फर्निचर उद्योगबाट ३५५ क्युफिट काठ बरामत गरिएको छ ।
यस्तै सो वडाको सूर्यपुरमा रहेको राम घिसिङको घरबाट १२१ क्युफिट काठ बरामत गरिएको छ । उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसहितको टोली र डिभिजन वन कार्यालयको टोलीले पुस १ र २ गते नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा देवी फर्निचर, सरिता फर्निचार र रुपेन्द्र काष्ठ फर्निचरका एक÷एकजना रहेका छन् । अन्य सङ्कलकको खोजीकार्य भइरहेको खनालले बताउनुभयो ।
पक्राउ परेका तीन जनालाई जिल्ला दालत चितवनबाट वन ऐन २०७६ अनुसार कारबाहीका लागि समय थप गरिएको उहाँले जानकारी दिनुभयो ।
भर्खरै
एमाले केन्द्रीय कमिटी बैठकमा ४९ जनाले धारणा राखे, मंगलवार पुनः बस्ने
चाक्सीबारी बैठकको निष्कर्ष : सरकारले जनताका काम गरोस्, संविधान संशोधन प्रक्रिया थालोस्
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं